Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

११ विद्यालयलाई इण्टरनेसनल स्कुल अवार्ड

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं - ब्रिटिस काउन्सिलले हरेक बर्ष प्रदान गर्दै आएको इन्टरनेसनल स्कुल अवार्ड आई. एस्. ए. यस बर्ष विभिन्न जिल्लाका ११ वटा विद्यालयले पाएका छन् ।

पुरस्कार पाउने विद्यालयहरुमा काठमाडौं इङ्लिस स्कुल, क्रियटिभ एकेडमी किर्तिपुर, अक्षर स्कुल काठमाडौं, रिलायन्स को. एड. काठमाडौं, स्पाइरल ग्यालेक्सी उ.मा.वि. कास्की,  पाल्पा आवासिय उ.मा.वि.,  मदरल्याण्ड उ.मा.वि. कास्की, न्यु हराइजन उ.मा.वि. पाल्पा, पुण्य उ.मा.वि. धनकुटा, पारागन एकेडमी झापा र पद्मोदय पब्लिक नमूना उ.मा.वि. दाँङ् रहेका छन् ।

वार्ड पाएका विद्यालयलाई राजदूतावासका उपप्रमुख क्याथ्रीन श्मिटन र शिक्षा विभागका उपनिर्देशक नरहरी अर्याले पुरस्कार प्रदान गरे ।
का

उन्सिलले अनलज्योति स्कुल काठमाडौं, गुरुकुल एकेडमी धनगढीलाई पुनः मान्यता दिएको छ । अवार्डका लागि काम सुरु गरेका १०० वटा विद्यालयहरु मध्ये आठ जिल्लाबाट पच्चिसवटा विद्यालयहरुले अभिलेख बुझाएका थिए । ब्रिटिस काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरुको एउटा समूहले सहभागी विद्यालयहरुले पेश गरेका अभिलेख वा प्रमाण दस्तावेजलाई मूल्याङ्कन गर्नुका साथै बालबालिकाहरुको सिकाइ उपलब्धी र विद्यालयमै पुगेर निरिक्षण गरेर छनौट गरिन्छ ।
अवार्ड पाउने विद्यालयहरुलाई ट्रफी र प्रमाणपत्रका साथमा तीन बर्षको अवधिसम्म मसलन्द एवम् प्रवर्धनात्मक सामग्रीहरुमा आफ्नो विद्यालयको लोगोका साथमा इन्टरनेसनल स्कुल अवार्डको काइटमार्क प्रयोग गर्ने अनुमति दिइने काउन्सिलले जनाएको छ ।  

विगत चार बर्ष देखि जारी अवार्डका लागि हरेक बर्ष अगस्ट/सेप्टेम्बर तिर इच्छुक विद्यालयहरुबाट आवेदन माग गरिन्छ ।

डि.एफ्.आई.डि.को लगानी तथा ब्रिटिस काउन्सिलद्धारा लागू गरिएको कनेक्टिङ् क्लासरुम्स विश्वव्यापी अर्थतन्त्रमा जिउन तथा काम गर्न र स्थानीय एवम् विश्वव्यापी रुपमा सकारात्मक योगदान दिन युवावर्गमा आवश्यक ज्ञान, सिप र मूल्यहरु विकासका लागि सहयोग गर्न तयार गरिएको परियोजना हो ।

सन् २०१५ देखि २०१८ बीचमा यो कार्यक्रमले विभिन्न मूलभूत सिपहरुलाई पाठ्यक्रममा समावेश गर्न सघाउनका निम्ति संसारभरीका ४५,००० शिक्षक तथा १२,००० विद्यालय अगुवाहरुको क्षमता उकास्ने योजना रहेको काउन्सिलले जनाएको छ ।
कार्यक्रममा ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर डा. योवन इलिकले विश्वव्यापी रुपमा बढ्दो अर्थतन्त्रमा, हाम्रा विद्यार्थीलाई अन्तर्राष्ट्रिय सिमानाहरुका अलावा एकअर्कासँग मिलेर काम गर्न र सञ्चार गर्न तयार पार्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया