Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

मावि स्थायी शिक्षकको २ विषयको नतिजा प्रकाशित

विहीबार, ०६ असोज २०७३

भक्तपुर - माध्यमिक तहको स्थायी शिक्षकको लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार दुई विषयको नतिजा सार्वजनिक भएको छ । पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

नतिजा हेर्नुहोस् : http://www.tsc.gov.np/

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा अनुसार विज्ञान तर्फ पूर्वाञ्चलमा परीक्षामा सहभागि ५२४ मध्ये २८४ जना उत्तीर्ण भएका छन् । यस्तै मध्यमाञ्चलमा परीक्षामा सहभागि ३२८ मध्ये १६८ जना लिखित परीक्षामा उत्तीर्ण भएकाछन् । यसैगरी पश्चिमाञ्चलमा ७९३ मध्ये ४६५, मध्य पश्चिममा १७८ मध्ये १२२ र सुदुर पश्चिममा १४५ मध्ये ९९ जना उत्तीर्ण भएको आयोगले जनाएको छ ।

यसै गरी बिहीबार नै सावजनिक भएको कार्यालय सञ्चालन तथा लेखाको नतिजा अनुसार पूर्वाञ्चलबाट १२९ मध्ये १०९, मध्यमाञ्चलबाट ४७७ मध्ये ३६९, पश्चिमाञ्चलबाट १८८ मध्ये १५०, मध्य पश्चिमबाट ४१ मध्ये ३४ र सुदुर पश्चिमबाट परीक्षामा सहभागि ५४ मध्ये ४५ जना लिखितमा उत्तीर्ण भएका छन् ।  

विज्ञानको कात्तिक ५ गते र कार्यालय सञ्चालन तथा लेखाको अन्तर्वार्ता कात्तिक ६ गते आयोगको केन्द्रिय कार्यालय सानोठिमीमै हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया