Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

मावि अंग्रेजी शिक्षकको नतिजा सार्वजनिक

शुक्रबार, ०७ असोज २०७३

भक्तपुर - माध्यमिक तह स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले शुक्रबार पाँचै विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार पूर्वाञ्चलबाट परीक्षामा सहभागि १४९७ मध्ये लिखितमा ११४३ जना उत्तीर्ण भएका छन् । यस्तै मध्यमाञ्चलबाट १९०३ मध्ये १४५४, पश्चिमाञ्चलमा २२९६ मध्ये १८१४, मध्य पश्चिममा ८७५ मध्ये ६११ र सुदुर पश्चिममा ७३८ मध्ये ५३० उत्तीर्ण भएका आयोगले जनाएको छ  ।

नतिजाका लागि : http://www.tsc.gov.np

लिखितमा उत्तीर्ण परीक्षार्थीको अन्तर्वार्ता सुदुर पश्चिमको कात्तिक ३ गते, पूर्वाञ्चल र मध्यमाञ्चलको कात्तिक ७ गते र पश्चिमाञ्चल तथा मध्य पश्चिमाञ्चलको कात्तिक ८ गते हुने छ । अन्तर्वार्ता आयोगको केन्द्रिय कार्यालय सानोठिमीमै हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया