Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको नयाँ काम : विद्यालय कर्मचारीले चाडपर्व खर्च पाउने

सोमबार, १० असोज २०७३

भक्तपुर - सामुदायिक विद्यालयमा लामो समयदेखि निकै न्यून तलबमा कार्यरत विद्यालय कर्मचारीले चाडपर्व खर्च पाउने भएका छन् ।

विद्यालय कर्मचारीका रुपमा कार्यरत पाले, पियन, लेखापाल, माली, लगायतका ३३ हजार कर्मचारीले यसै वर्षबाट चाडपर्व खर्च शिर्षकमा रकम पाउने भएका हुन् ।

शिक्षा विभागले चालू आर्थिक वर्ष २०७३/७४ का लागि विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत आधारभूत र माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई अनुदान दिने निर्णय गरेका हो । आईतबार देशभरका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिँदै विद्यालय कर्मचारीलाई विभागले भने अनुसार खर्च दिन परिपत्र गरेको छ ।

जस अनुसार आधारभूत तह अन्तर्गत कक्षा १–२ चलेका विद्यालयमा कार्यरत कर्मचारीले एकमुष्ट रु. २६ हजार, कक्षा १–३ सम्म चलेको विद्यालयका कर्मचारीले रु. ४ हजारका दरले ५२ हजार, कक्षा १–५ सम्म चलेको विद्यालयका कर्मचारले मासिक ४ हजार ५ सयका दरले ५८ हजार ५ स–य, कक्षा १–८ सम्म चलेको विद्यालयका कर्मचारीले मासिक रु. ७ हजार ५ सयका दरले ९७ हजार ५ सय र कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको विद्यालयमा कार्यरत कर्मचारीले मासिक रु. ७ हजार ५ सयको दरले एकमुष्ट रु. ९७ हजार पाँचसय तथा सोही तहमा रहेका लेखा सहायक वा प्रशासन सहायकले मासिक रु.११ हजार ५ सयका दरले एकमुष्ठ रु. १ लाख ४९ हजार ५ सय अनुदान दिन निर्देशन दिएको छ ।

विद्यालयमा कार्यरत ती सबै प्रकारका कर्मचारीहरुलाई १३ महिनाको दरले पारिश्रमिक दिन निर्देशन दिएको हो ।

 

प्रतिक्रिया