Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

उप प्राध्यापककै प्रमाणपत्र नक्कली, अख्तियारद्धारा मुद्धा दायर

मंगलबार, ११ असोज २०७३

काठमाडौं - मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत सुनिल देवकोटाले  उपप्राध्यापक हुन बुझाएको आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । देवकोटाले बुझाएको चौधरी चरणसिंह विश्वविद्यालय, मेरठ, भारतको वीवीए उत्तिर्ण शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।

विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेतमा उपप्राध्यापक पदमा कार्यरत देवकोटाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानविन गरेको अख्तियारले जनाएको छ ।

देवकोटाले नेपाल सरकारको राष्ट्रसेवक, उपप्राध्यापक पदमा नियुक्ति पाउने, बहाल रहने र सो हैसियतले लाभ तथा सुविधा पाउने उद्देश्यले झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी ओहोदामा नियुक्ति तथा लाभ सुविधा लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ । 

प्रतिक्रिया