Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अभिभावक / विद्यार्थी

शिक्षकको पत्र अभिभावकलाई :‘तपाइँको बाटो हेरेर बसिरहेकी छु ।’

विहीबार, २७ असोज २०७३

प्रिय अभिभावकहरु,    
नमस्कार,
आराम छु, तपाइँ लगायत सम्पूर्ण परिवारलाई आरामै होस् भनी माता नवदुर्गासित प्रार्थना गर्दछु । साथै २०७३ सालको विजया दशमकीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आज म तपाइँहरुै छोराछोरी पढ्ने विद्यालयमा बसेर यो पत्र लेख्दैछु । तपाइँको केही खबर तपाइँको छोराछोरीबाट र कहिलेकाहिँको भेटघाटबाट थाहा पाएँ । पत्र लेखेको मितिसम्म सञ्चै हुनुहुँदो रहेछ । आर्थिक क्षेत्रतिर पनि राम्रै प्रगति गर्नुभएको रहेछ, खुसी लाग्यो । तर तपाइँ आजकाल आफ्ना नानीहरुको क्रियाकलाप र विद्यालयको सुधारका लागि सुझाव दिन भने किन कञ्जुस्याइँ गर्नुहुन्छ रु केही थाहा पाउन सकिँन । व्यस्तताले समय जुराउन गा¥हो भयो कि रु स्कुलको व्यवहार चित्त नबुझेर हो कि रु आफ्ना सन्तानको पढाइबारे बुझ्न विद्यालय नपसेको लामो समय भइसकेको छ । एकपल्ट स्कुल आइदिनु भए यसबारे छलफल गर्ने मनसायमा थिएँ । तपाइँको बाटो हेरेर बसिरहेकी छु । तपाइँ अत्यन्तै व्यस्त हुनुहुँदो रहेछ । आफ्नो छोराछोरीलाई केही समय दिन पनि नसकिने गरी । यहाँसम्म कि आफ्नो छोराछोरीले सोधेको प्रश्नको पनि जवाफ दिन भ्याउनु हुन्न रे । अनि आउने बित्तिक्कै आफ्नो कोठामा गइ काममै व्यस्त हुनुहुन्छ रे । नानीहरु तपाइँसँग बसेर भलाकुसारी गरी तपाइँकै अगाडि हाँस्न, खेल्न, रमाउन चाहन्छन् । तर तपाइँ कामको व्यस्तताले गर्दा समय निकाल्न सक्नु हुँदो रहेनछ । उल्टै तपाइँलाई दुःख दिन्छ भनेर तपाइँको काममा हस्तक्षेप नगरुन भनेर आफ्नो मोबाइल दिएर हुन्छ कि, ल्यापटप दिएर हुन्छ, टाढा राख्ने प्रयत्न गर्नु हुन्छ रे, अनि बाध्यतावस् विस्तारै तपाइँका छोराछोरी आफ्ना चाहनालाई त्यही सामग्रीसँग भुलेर आमा– बुबाको साथलाई छोडेर अर्कै संसारमा रमाउँछन् । पढाइभन्दा कार्टुन र गेममै रमाउँछन् ।

तर, के तपाइँल गर्नुभएको कार्यले छोराछोरीको चौतर्फी विकास होलान् त रु जुन समयमा बोल्न, खेल्न सिक्नुपर्ने हो, सिक्लान त रु समय अनुसारको व्यवहारिक ज्ञान सिक्न सक्लान तरु अवश्य पनि गा¥हो हुन्छ । त्यसैले आशा छ, आफ्नो छोराछोरीलाई स्कुलको भर मा नछोडी आफ्नो कर्तव्य पनि पूरा गर्नु हुनेछ । आखिरमा छोराछोरी २४ घन्टामा ६÷७ घन्टा मात्र त स्कुलमा बिताउँछन् । बाँकी समय तपाइँसँगै बिताउँछन् । त्यसैले आफ्नो छोराछोरीको भविष्य राम्रो गर्नुमा तपाइँहरुको पनि ठूलो हात रहेका हुन्छन् । तपाँइको सकारात्मक व्यवहारले सकारात्मक सोचको विकास गराउँछ ।

अर्को कुरा, तपाइँ आफ्नो छोराछोरीको लागि स्कुल पोशाक किनिदिनु हुन्छ । तर, कुन बार कुन पोशाक लगाई दिने जानकारी राख्नु हुन्न, कहिले जुत्ता नमिलेको हुन्छ त कहिले मोजा, कहिले आवश्य शैक्षिक सामग्रीको अभाव, अनि सरसफाइको कमीले गर्दा पनि तपाइँको बेर्फुसदी बताइरहेको हुन्छ । कहिलेकाहिँ त तपाइँहरुको लागि तयार गरिएको अभिभावक भेला, नतिजा प्रकाशनमा पनि अनुपस्थितिले गर्दा नमज्जा लागिरहेको हुन्छ ।

साथै, तपाइँ रातदिन मिहिनेत गरेर छोराछोरीको निम्ति सम्पत्ति    कमाउन लाग्नु भएको छ । यो राम्रो कुरा हो । तर, योसँग आफ्नो छोराछोरीको निम्ति गरेको लगानी कस्तो भयो रु छोराछोरीले विद्यालयमा केकस्तो ज्ञान सिकिरहेका छन रु छोराछोरीमा कस्तो व्यावहारिक परिवर्तनहरु आए रु सोच्नुभएको छ रु हावाहुरी, घामपानीबाट बच्न रातभरी बस्न त घर बनाउनु भयो, दिनभरी बस्ने विद्यालयको बारेमा पनि सोच्नुपर्छ । सोच्नुस् त, यदि तपाइँ सुतिरहेको बेला सुत्ने ठाउँमा पानी चुहियो भने तपाइँको निन्द्रामा कस्तो असर पर्छ रु त्यस्तै तपाइँका छोराछोरी पढ्ने विद्यालयको कोठामा पानी चुहिने, अँध्यारो, बेन्च ठीक छ कि छैन, शुद्ध खानेपानी, चर्पीको व्यवस्था व्यवस्थित छ कि छैन, जानकारी राख्नुपर्छ, छैन भने कस्तो वातावरण बन्ला रु कसरी असल सिकाइ रहला रु तपाइँका छोराछोरीको भविष्य के होला र ?

आफ्नो छोराछोरीको भविष्यको लगानी भनेको पैसा नै हुनु पर्दैन । समय र ध्यान दिनु पजि लगानी नै हो । छोराछोरीको बारे अहिले नै विचार पु¥याउनु भएन तपाइँले वर्षौंवर्ष लगाएर कमाएको धन सम्पत्ति एकै घन्टामै नष्ट गर्ने खालको पनि बन्न सक्छ । उदाहरण हाम्रा सामु धेरै छन् । त्यसकारण तपाइँले आफ्नो छोराछोरीको हरेक पाइला पाइलामा ध्यान पु¥याउनै पर्छ । सकारात्मक वातावरण सिर्जना गरी तपाइँको परिवार, समाज अनि देशको विकास गर्ने भावनाको इमान्दार छोरााछोरी बनाउने वातावरण सिर्जना गर्नुपर्छ ।

आशा छ, तपाँइको अमूल्य सुझावका साथ विद्यालयमा आउनु हुनेछ । बाँकी कुरा अर्को पत्रमा लेख्ने आशाका साथ । धन्यवाद ।
एक शिक्षिका
वाइजल्यान्ड सेकेन्डरी स्कुल
जगाति, भक्तपुर

 

प्रतिक्रिया