Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

५५ विद्यालयका सातसय विद्यार्थी सहित शिक्षक, अभिभावक र शिक्षाविद् एकै ठाउँमा

शुक्रबार, ०५ कार्तिक २०७३

भक्तपुर – देशको शिक्षा प्रणाली, पाठ्यक्रम र पाठ्यपुस्तक, शिक्षण विधि, क्रियाकलाप लगायतका विषयमा छलफल गर्न देशभरका ५५ विद्यालयका सातसय विद्यार्थी सहित दुई सय पर्यवेक्षक र दुई सयकै हारहारीमा शिक्षाविद्, शिक्षक, अभिभावक एकै थलोमा भेला भएका छन् ।

विद्यालय पाठ्क्रममा आधारित विद्यार्थी गुणीय चक्र (एसक्युसी) को १२ औं राष्ट्रिय सम्मेलनमा उक्त छलफल भएको छ ।  ‘विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि शिक्षामा गुणीय चक्र नेपाल’ क्वेस्ट नेपालल सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा उक्त सम्मेलन सुरु गरेको हो । आयोजक संस्थाका अध्यक्ष निराजन अधिकारीले सम्मेलनमा सहभागी विद्यार्थीले आफूले पढाइको सिलसिलमा भोगेका विभिन्न समस्याहरु र ती समस्या समाधानका लािग आफूले गरेको घटना अध्ययनका अनुभवहरु प्रस्तुत गर्नेछन् ।

क्वेस्ट नेपालका देशभरका १८ हवबाट छानिएका विद्यार्थीले सम्मेलनको दौरानमा  विभिन्न १५ वटा विषयमा देशको शिक्षा प्रणाली, पाठ्यक्रम र पाठ्यपुस्तक, शिक्षण विधि, क्रियाकलापलगायतका विषयमा आफूहरुले गरेको केस स्टडीको पनि प्रस्तुतीकरण गर्ने छन् ।  

सन् १९६३ देखि जापानले औद्योगिक क्षेत्रमा लागू गरेको क्वालिटी कन्ट्रोल सर्कलको अवधारणालाई सन् १९९९ देखि डा. जगदिश गान्धीले शैक्षिक क्षेत्रमा लागू गरेका हुन् ।

यो विधि प्रा. दिनेश चापागाईंको अग्रसरतामा सन् १९९९ देखि नै विद्यार्थी गुणीय चक्र अर्थात् स्टुडेण्ट क्वालिटी सर्कलको नामले अनौपचारिक रुपले नेपालका विभिन्न विद्यालयहरुमा लागू भएको छ । विद्यालय पाठ्क्रममै समावेस गरेर औपचारिक शिक्षणको शुरुवात भने माउण्ट भ्यू इङ्लिस बोर्डिङ् स्कूलले ३ बर्ष अघि देखि लागू गरेको संस्थाले जनाएको छ ।

यो बिधि अहिले बिश्वका ३५ देशमा प्रयोग भएको र नेपालमा यो बिधि भक्तपुर, काठमाडांै, रुपन्देही र पाल्पा लगायतका १५ जिल्लाका १५ हजार विद्यार्थीले अध्ययन गरिरहेको क्वेस्ट नेपालले जनाएको छ । सम्मेलन शनिबार समापन हुनेछ ।

प्रतिक्रिया