Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को मौका परीक्षा आज, २० दिनभित्र परीक्षाफल आउने

शनिबार, ०६ कार्तिक २०७३

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा आज सञ्चालन गर्दैछ । बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा कूल ३३ हजार ५ सय परीक्षार्थीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि बोर्डले देशभर ८७ परीक्षा केन्द्र निर्धारण गरेको छ ।  परीक्षाको परीक्षाफल २० दिनभित्र प्रकाशन गर्ने पनि बोर्डले जनाएको छ ।

बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले विद्यार्थीहरुको नियमित पढाइलाई असर नपर्ने गरी परीक्षाफल प्रकाशन गर्ने उद्देश्य राखेको जनाए ।

नियमिततर्फको एक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरु मौका परीक्षामा समावेश हुन पाउने व्यवस्था छ । बोर्डले गत भदौ २७ गत्ते नियमिततर्फको परीक्षाफल प्रकाशन गरेको थियो ।

 

प्रतिक्रिया