Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

आईओएम डीनमा सिंह

आइतबार, २८ कार्तिक २०७३

काठमाठौं - त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा केशब प्रसाद सिंहलाई नियुक्त गरेको छ । त्रिवि कार्यकारी परिषद्को आईतबार विहान बसेको बैठकले सिंहको नियुक्ति गरेको रेक्टर प्रा.डा.सुधा त्रिपाठीले जानकारी दिईन् ।

नौ महिना देखि रिक्त डीनको नियुक्तिका लागि विश्वविद्यालयले पुष्कर बज्राचार्यको संयोजकत्वमा गठन गरेको सर्च कमिटिले गरेको सिफारिसका आधारमा नियुक्ति गरिएको उनले बताईन ।

उक्त कमिटिले जगदिश अग्रवाल, ज्योती शर्मा र सिंहको नाम सिफारिस गरेको थियो । डीन नियुक्तिको माग गर्दै डा. गोविन्द केसीले फेरी अनसन बस्ने चेतावनी दिएका थिए । उनले वरिष्ठताका आधारमा डीनको नियुक्ति गर्नु पर्ने माग गरेका थिए । उनको समर्थन अग्रवालका लागि भएको श्रोतले जनाएको छ । तर, त्रिविले अग्रवाललाई छाडेर सिंहलाई डीन बनाएको छ ।

'उहाँको माग के हो भन्ने भन्दा पनि सर्च कमिटीले दिएको राय र सुझाव के हो भन्ने आधारमा हामीले निर्णय गरेका हौ' त्रिपाठीले भनिन्, 'उहाँको नियुत्तिः पछि विस्तारै अन्य समस्या समाधान हुने अपेक्षा गरेका छौं ।'

विश्वविद्यालयका अन्य संकायमा पनि डीन नियुक्ति नभएर भद्रगोल भएको छ ।

पढ्नुहोस् : त्रिभुवन विश्वविद्यालयमा भद्रगोल, संगिनी सुईको विम्ब !

डीन नियुक्तिका लागि बाँकी रहेका संकायको काम तुरुन्तै अघि बढ्ने त्रिपाठीले बताईन् ।

'पहिला चिकिस्ता शास्त्रको सिध्यायौं, अव विस्तारै अन्य संकायको पनि सक्छौं' उनले भनिन् 'भोलीबाटै अन्य नियुक्तिको काम अघि बढाउने त्रिविको योजना छ ।'

प्रतिक्रिया