Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

"यस म्यान" जम्मा गरेर शिक्षा मन्त्रालय छलफलमा

सोमबार, २९ कार्तिक २०७३

Mana Prasad Wagley

प्रोजेक्टमा आधारित विश्वविद्यालय

विश्व बैंक र एसियाली बिकास बैंकमा पहिला सल्लाहकार भएर काम गरेका केही विद्वानलाई अव विश्वविद्यालय खोलेर कमाउने धन्दाको धून चलेको छ/ राष्ट्रिय योजना आयोग लाई थाह नभएको, विश्वविद्यालय अनुदान आयोगलाई पत्तो नभएको "वर्ल्ड क्लास युनिभर्सिटी" को नाममा एसियाली बिकास बैंकले लगानी गर्ने भएको छ र त्यो इन्जिनियरिंग विधामा केन्द्रित हुनेछ/

नेपालमा त्रिवि अन्तर्गतको "इन्स्टिच्युट अफ इन्जिनियरिंग"अहिले पनि एसियामा अब्बल छ/ त्यस्तै अरू विश्वविद्यालयका थुप्रै इन्जिनियरिंग कलेजहरू स्वदेशी लगानीमै प्रतिस्पर्धा गरिरहेछन् र गुणस्तरमा टिकाऊ तर्फ उन्मुख भै रहेछन/ एसियाली बिकास बैंक शुरूमा सहयोग लगानी भनेर छिर्छ तर पछि त्यसको दस गुणा ऋण लगानीमा सरकारलाई बाध्य पार्छ र आफ्नो व्यवसाय गर्छ/ विश्व बैंक पनि त्यही ड्याङ्गको मुला हो/

हाम्रो देशमा कति इन्जिनियरिंग कलेज चाहिने हुन्; कुन कुन प्रदेशमा स्थापना गर्नु पर्ने हो; कस्ता खाले इन्जिनियरिंग शिक्षा नेपालको बिकासको लागि आवश्यक पर्ने हो जस्ता पक्षको अध्ययन बिना बैंकको दवावमा सरकारले ग्रीन सिग्नल दिएको यो विश्वविद्यालय किन आवश्यक पर्यो भन्ने विषयमा केही दिन भित्रै "यस म्यान" जम्मा गरेर शिक्षामन्त्रालयले छलफल गर्दैछ/

"डुबे ऋणमा सरकार डुब्ने र नाफा भए लगानीकर्ताले खाने" प्रोजेक्टमा आधारित यस्ता विश्वविद्यालयबाट हुने उत्पादनको खपत नेपाल बाहिरै हुने र अहिले भएका इन्जिनियरिंग कलेज पनि धराशायी हुने भएकाले नेपाल सरकारले यस तर्फ निकै गम्भीर भएर सोच्नु आवश्यक छ/

प्रतिक्रिया