Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा अमेरिका

अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि

सोमबार, २९ कार्तिक २०७३

काठमाडौं - विगत ६ बर्षको तुलनामा अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढेको छ । अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४५ प्रतिशतले वृद्धि भएको ओपेन डोर प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१६ को अन्तराष्ट्रिय शैक्षिक आदन प्रदानबारे सोमबार जारी प्रतिवेदन अनुसार सन् २००९ देखी ३०५ ले नेपाली विद्यार्थीको संख्यामा कमी आएको थियो । यो शैक्षिक सत्रमा मात्र ९ हजार ६ सय ६२ नेपाली विद्यार्थी अमेरिकाका विभिन्न कलेज तथा विश्वविद्यालयमा भर्ना भएको उक्त प्रतिवेदनाम उल्लेख छ । यो सँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ । 

सन् २०१५/१६ को शैक्षिक सत्रमा अमेरिकामा पढ्ने अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० लाखले नाघेको छ । साथै, अघिल्लो वर्ष अमेरिकी विश्वविद्यालय तथा कलेजले १० लाख ४४ हजार अन्तराष्ट्रिय विद्यार्थी भर्ना भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसैविच नेपाल स्थित अमेरिकी दूतावासले होटल याक एण्ड यतीमा सोमबार शैक्षिक मेला समेत आयोजना गर्यो । उक्त मेलामा विद्यार्थीले अमेरिका स्थित २० वटा उच्च शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुले परामर्श दिएका थिए । मेलामा दूतावासका प्रतिनिधिहरुले समेत गर्नु पर्ने तयारी र पढाईबारे नेपाली विद्यार्थीलाई परामर्श दिएका थिए । उक्त परामर्शमा कसरी अनावश्यक शैक्षिक कन्सलटेन्सीहरुको पासोबाट जोगिने लगायतका बारेमा समेत परामर्श दिईएको थियो ।

अन्तराष्ट्रिय शैक्षिक सप्ताह अन्र्तगत नेपाली विद्यार्थीलाई लक्षित गर्दै मेला गरिएको दूतावासले जनाएको छ । ओपेन डोर प्रतिवेदन सार्वजनिकिकरण सँगै दूतावासले संसारका अन्य देशहरुबाट अमेरिका भित्रन चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्छ । जसलाई अमेरिकी विदेश तथा शिक्षा मन्त्रालयको सामूहिक अभियान भन्ने गरिन्छ ।

प्रतिक्रिया