Edukhabar
विहीबार, १५ चैत्र २०८०
जिव्रो

शिक्षक नेतागण के यहि हो कानूनी राज्य ?

बुधबार, ०८ मंसिर २०७३

2069 सालमा बिज्ञापन गरी 2071 सालमा निकै ठुलो सङ्ख्या मा 2063 पछिका अस्थायी शिक्षकहरुलाइ बिस्थपित गरियो। तर कोहि भने अहिलेसम्म कार्यरत छन। जागिर खोसिएका चाही यता न उता भए। तर जोगिएका लाइ फेरि नयाँ ऐनले स्थायी हुने सहज वाटो खुला गरेको छ। यो कस्तो अचम्म ? एउटै दिन नियुक्ति लिएकाहरु मध्ये पनि एउटाले ठुलो सुबिधा पाउछ अनि बाकी बिस्थापित। यो कस्तो सिद्धान्त / न्याय हो ?
आन्तरिक परिक्षामा भिडाउने भए कि 2063 पछी नियुक्ति लिएका कार्यरत बिस्थापित सबैलाइ chance दिनुपर्ने हो। होइन भने अब उप्रान्त 2063 पछिका कसैलाइ पनि आन्तरिक chance exam मा अवसर दिन नहुने हो समानताको सिद्धान्तले यहि भन्छ। ऐनले त भाग्यको सिद्धान्त लाइ पो अगालेको हो कि ?
किन तपाईहरु शिक्षामा मात्र भाग्यको सिद्धान्त अवलम्बन गर्नुहुन्छ ?

प्रतिक्रिया