Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

शिक्षक दरबन्दी नपठाएका कारण विद्यार्थीको भविष्य अन्धकारमय

शुक्रबार, १७ मंसिर २०७३

काठमाडौं १७ मंसिर / सुनसरीका नयाँ सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा विद्यार्थीको भविष्य अन्धकारमय बन्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।
विद्यालयमा विद्यार्थीको नियमित पठनपाठन नभएको गुनासो बाहिर आएको बेला धेरै विद्यालयमा शिक्षक नै नरहेको पाइएको छ । जिल्लाका दक्षिणवर्ती गाविसमा सञ्चालित रहेका सामुदायिक विद्यालयमा कुनै किसिमको विषयगत शिक्षकको दरबन्दी नरहेका का।ण विद्यार्थीको जीवन अन्धकारमय बन्दै गएको हो ।
अधिकांश गाविसमा सञ्चालित रहेका ११ नयाँ सामुदायिक प्राथमिक विद्यालयमा विद्याथी भए पनि दरबन्दी रहेको जिल्ला शिक्षा कार्यालय सुनसरीको तथ्यांकमा उल्लेख छ । सरकारले नयाँ स्वीकृति दिएका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी नपठाएका कारण कतिपय विद्यालय बन्दसमेत भइसकको पाइएको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया