Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

पठन पाठनमा सिंगापुर अब्बल

शुक्रबार, २४ मंसिर २०७३

काठमाडौं - पछिल्लो एक अध्ययनले विज्ञान, गणित र पठनमा सबैभन्दा अब्बल देशको रुपमा रुपमा सिंगापुर रहेको देखाएको छ । प्रोग्राम फर इन्टरनेशनल स्टुडेन्ट एसेस्मेन्ट(पिसा) ले गरेको अध्ययनको निचोडले सिंगापुरका विद्यार्थीको अध्ययन अब्बल रहेको देखाएको हो । पिसाले सन् २०१५ मा गरेको अध्ययनको निचोडले उक्त तथ्य बाहिर ल्याएको बेलायतस्थित टिइएस अनलाइनले जनाएको छ ।

सो अध्ययनले सिंगापुरमात्र नभएर विज्ञान र गणित विषयमा पूर्वी एसियाका देशहरु अन्य देशको तुलनामा निक्कै अघि रहेको पनि देखाएको छ । पिसाले विज्ञान, गणित र पठनमा गरेको अध्ययनले एसियाली देशहरु अन्तर्गत विज्ञानमा जापान, पठन र गणितमा हङकङको पढाइ पनि उत्कृष्ट भएको देखाएको छ ।

तथ्यांक अनुसार गणितमा गरिएको अध्ययनले दोस्रोमा हङकङ, तेस्रोमा मकाऊ, चौथोमा टाइवान र पाँचौंमा जापान, विज्ञानको नतिजामा दोस्रोमा जापन, तेस्रोमा इस्टोनिया, चौथोमा ताइवान र पाँचौमा फिनल्यान्ड र पठनमा दोस्रोमा हङकङ नै, तेस्रोमा क्यानडा, चौथोमा फिनल्यान्ड र पाँचौमा आयरल्यान्डले स्थान बनाएका छन् ।

पिसाले सन् २०१२ मा सोही तीन विषयमा गरेको अध्ययनको क्रममा सिंगापुर विज्ञान र पठनमा तेस्रो तथा गणितमा दोस्रो स्थानमा परेको थियो । पिसाले उक्त विषयमा हरेक तीन वर्षमा अध्ययन गर्ने गरेको छ । अहिले (सन् २०१५) मा गरेको अध्ययनले भने सिंगापुुर सबैभन्दा अघि आएको छ ।

उक्त संस्थाले सो विषयमा विश्वका ७२ देशका ५ लाख ४० हजार विद्यार्थीमा अनुसन्धान गरेको थियो । पिसाले उत्कृष्ट ३० स्थानमा पर्न सफल देशहरुको नामावली सार्वजनिक गरेको छ ।

प्रतिक्रिया