Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
विचार / विमर्श

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

आइतबार, १० पुस २०७३

सारांश :

सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउनु पर्छ र यसबाट नै वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा प्राप्त हुन्छ भन्ने विश्वास बढिरहेको सन्दर्भमा नेपालका सामुदायिक माध्यमिक विद्यालयमा शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मार्पmत विभिन्न कार्यवmम सञ्चालन गरिएका छन् । प्राविधिक शिक्षा सञ्चालन गर्न ज्यादै उत्प्रेरित सामुदायिक माध्यमिक विद्यालयहरूले स्वीकृतिका चरणमा जति उत्साह देखाएका थिए, सञ्चालनका चरणमा त्यो उत्साह देखिएको छैन । सरकारबाट प्राप्त अनुदानमा मात्र भर पर्ने र साधारण शिक्षा सरह समय मात्र कार्यव्रmम सञ्चालन गर्ने परिपाटीमा परिवर्तन गर्न जनज्योति माध्यमिक विद्यालय, कुनाथरी, बड्डीचौर, सुर्खेत एक अनुकरणीय विद्यालय हुन पुगेको छ ।

विद्यालयले कृषि तथा पशु विज्ञानको पठन पाठनका लागि आफ्नो स्रोतबाट जग्गाको व्यवस्था गरी गाई पालन, मौरी पालन, हाँस पालन, माछा पालन, बाख्रा पालन, बङ्गुर पालन, हर्बल खेती, फलफुल खेती, धान खेती गरी विद्यार्थीलाई प्रयोगात्मक कामको अवसर दिएको छ र विद्यालयको आम्दानी बढाएको छ । विद्यालयले दिने सेवाबाट स्थानीय कृषकहरू लाभान्वित भएका छन् । स्थानीय कृषि तथा पशु सेवा केन्द्रको सहयोग विद्यालयले प्राप्त गरेको छ । प्राविधिक विद्यालय सञ्चालनमा विभिन्न समस्या देखिए पनि विद्यालय तहबाट धेरै समस्या निरुपण गर्न सकिने उदाहरण जनज्योति माध्यमिक विद्यालय भएको छ । सरकारका तर्फबाट पाठ्यव्रmम, पाठ्य सामग्री, शिक्षकको व्यवस्थापन र स्थायित्व जस्ता विषयमा नीतिगत सुधार भएका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको भविष्य सुन्दर देखिन्छ ।

विषय प्रवेश :

प्राविधिक तथा व्यावसायिक शिक्षा नेपालको सन्दर्भमा वर्तमानको माग हो । यसलाई मागको रूपमा मात्र नहेरी आवश्यकतासँग जोडेर हेर्नु पर्छ । आम मानिसमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनु पर्छ भन्ने रहेको छ । तर यो प्राविधिक तथा व्यावसायिक शिक्षा सरकारले नै सञ्चालन गर्नु पर्ने र उत्पादित जनशक्तिलाई सरकारले नै काम दिनु पर्ने मान्यता पनि आम मानिसमा रहेको छ । सबैलाई प्राविधिक शिक्षा दिनु पर्ने र रोजगारीको पनि ग्यारेन्टी सरकारले लिनु पर्ने दुई विपरीत ध्रुबका विचार जस्तो लाग्छ । विद्यालय शिक्षा (कक्षा १–१०) सम्म प्राविधिक शिक्षाभन्दा उद्यमशील शिक्षा दिनु बढी उपयुक्त हुन्छ ।

केही लक्षित समूहका लागि कक्षा ९ देखि प्राविधिक शिक्षा सुरु गरे पनि उच्च शिक्षामा प्राविधिक शिक्षामा अध्ययन गर्न चाहनेहरू का लागि कक्षा ११ र १२ मा विज्ञान विषयको अध्ययनपश्चात् प्राविधिक शिक्षामा जानु श्रेयस्कर देखिन्छ । विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यव्रmम सञ्चालन गर्ने विद्यालयले आपूmलाई अन्य साधारण विद्यालयभन्दा भिन्न देखाउन आवश्यक कार्य सम्पादन गर्नु पर्दछ । यस लेखमा यस्तै विषय वस्तु समेटिएका छन् । साथै यस लेखमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, प्राविधिक सामुदायिक विद्यालयको नमुन  जनज्योति माध्यमिक विद्यालय, कनाथरी, बड्डाचौर, सुर्खेत, समस्याहरू , समाधानका उपायहरू र अन्त्यमा निचोड निकालिएको छ ।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

अहिलेको पद्धतिअनुसार नेपालमा विद्यालय तहमा दुई किसिमले प्राविधिक शिक्षा सञ्चालनमा रहेका छन् : पहिलो, शिक्षा विभागअन्तर्गतका कार्यव्रmम र दोस्रो, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम अन्तर्गतका कार्यक्रम । दुवै कार्यव्रmम नेपाल सरकारको निर्णय र स्वीकृत ऐन, नियम तथा निर्देशिकाबमोजिम नै सञ्चालन भएका हुन् । पहिलो कार्यव्रmममा पाठ्यव्रmम विकास केन्द्रबाट स्वीकृत भएका पाठ्यव्रmम, शिक्षा विभागबाट व्यवस्थापन र परीक्षा नियन्त्रण कार्यालयबाट सार्वजनिक परीक्षा सञ्चालन गरिन्छ भने दोस्रो कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सबै कार्य सम्पादन हुने गरी सञ्चालन गरिन्छ ।

क.    शिक्षा विभाग अन्तर्गतका कार्यक्रम :

शिक्षा मन्त्रालयले शिक्षा विभागमार्पmत् सामुदायिक विद्यालयमा कक्षा ९ बाट प्राविधिक शिक्षा सञ्चालन गर्ने निर्णय २०६८ सालमा गरेको थियो । सोही निर्णयानुसार २०७० सालदेखि कक्षा ९ मा प्राविधिक शिक्षाको ९९ ओटा विद्यालयमा पठन पाठन प्रारम्भ भयो । वि.सं. २०७२ सालदेखि ९३ सामुदायिक माध्यमिकमा कक्षा ११ मा प्राविधिक शिक्षाको पठन पाठन प्रारम्भ भयो । वि.सं. २०७१ सालदेखि कक्षा ११ मा पठन पाठन पनि प्रारम्भ गरिएको छ । इन्जिनियरिङतर्पm सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, कृषि तथा पशु विज्ञानतर्पm बाली विज्ञान र पशु विज्ञानका कार्यव्रmम सञ्चालनमा छन् । प्रारम्भमा ९९ विद्यालयमा परीक्षण गरिएको यो कार्यव्रmम अहिले २४० विद्यालयमा सञ्चालनमा छ ।  विद्यालयस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ मिति २०६९/०३/२४ मा जारी भएको निर्देशिकाका आधारमा सामुदाियक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गरिएको छ । २०६९ को निर्देशिकाबाट कार्य सञ्चालनमा कठिनाइ भएकाले सो निर्देशिकालाई खारेज गरी विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७१ जारी गरी यस शिक्षालाई सरल र सहज रूपमा प्राप्य बनाउने प्रयास गरिएको छ । यस निर्देशिकाको प्रस्तावनामा भनिएको छ :

विद्यालय शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रबन्धबाट कार्यमूलक, व्यावहारिक, प्राविधिक तथा व्यावसायिक सिपयक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा सहज प्रवेशको संभावना बढाउन र शैक्षिक उत्पादनको गुणात्मकता वृद्धिका लागि विदयालयहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्नका निमित्त विभिन्न निकायहरूको भूमिका र जिम्मेवारी तय गरी विद्यालय क्षेत्र सुधार कार्यव्रmमको परिलक्षित उद्देश्य र लक्ष्य परिपूर्तिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिस र शिक्षा ऐन २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली, २०५९( संशोधनसहित) को नियम १९ (ङ) को अधिकार प्रयोग गरी नेपाल सरकार शिक्षा मन्त्रालयबाट यो निर्देशिका जारी गरिएको छ (शिक्षा विभाग : २०७१, पृ.१) ।

ख.    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका कार्यक्रम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यव्रmम सञ्चालनमा ल्याएको छ ।  
परिषद्ले देशका हरेक क्षेत्र र समुदायका युवा युवतीहरूलाई तालिम कार्यव्रmममा पहुँच पु¥याउन कार्यव्रmमहरू सञ्चालन गरिरहेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रमहरूलाई प्रभावकारी र न्यून लागतमा विशेष कार्यव्रmम सञ्चालन गर्ने परिषद्को नीति र योजना रहेको छ । यसै नीतिअन्तर्गत सामुदायिक विद्यालयहरूको स्थानीय स्रोत साधन, भवन, जग्गा, फर्निचर तथा अन्य सामग्रीहरूको उपयोग र परिचालन गरी प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गर्ने गरिएको छ, जसलाई प्रारम्भमा एनेक्स कार्यव्रmम भन्ने गरिन्थ्यो भने हाल सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यव्रmम भनिन्छ । २०५९ सालदेखि १५ ओटा सामुदायिक विद्यालयमा यो कार्यक्रम शुरु भएको हो । आ. व. २०६७/६८ सम्ममा ४५ ओटा विद्यालयमा प्राविधिक शिक्षा कार्यव्रmम सञ्चालन भएकामा आ.ब. २०६८/६९ मा थप २८ ओटा जिल्लामा यो कार्यक्रम विस्तार भएपछि हाल ७३ ओटा जिल्लामा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यव्रmम पुगेको छ । (स्रोतः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् : २०७३, पृ.२४)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामुदायिक माध्यमिक विद्यालयमा प्राविधिक एसएलसी र डिप्लोमा तह (प्रवीणता प्रमाण पत्र तह सरह) का कार्यव्रmम सञ्चालन गरिरहेको छ ।

७३ जिल्लामा एक एकओटा सामुदायिक माध्यमिक विद्यालयमा १५ महिने प्राविधिक एसएलसी सरहको कार्यव्रmम कृषि, सिभिल इन्जिनियरिङ, पशुपालन, कम्प्युटर, इलेक्ट्रिकल र अटोमोवाइल विषयमा पठन पाठन सञ्चालन गरिएको छ । यस्ता कार्यक्रम मनाङ र मुस्ताङ जिल्लामा मात्र सञ्चालनमा छैनन् । ७३ ओटा सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत २१ ओटा विद्यालयमा प्रवीणता प्रमाण पत्र तह सरहको ३ बर्से डिप्लोमा तहको बाली विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर र इलेक्ट्रिकल विषयको पठन पाठन सञ्चालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति लिई निजी रूपमा १५ ओटा सामुदायिक विद्यालयमा १५ महिने प्राविधिक एसएलसी सरहको कार्यक्रम जे.सि.टी., बाली विज्ञान, पशुपालन र विद्युत विषयमा पठन पाठन सञ्चालन गरिएको छ । कक्षा ९ र १० सामुदायिक विद्यालयमा शिक्षा विभागमार्फत् प्राविधिक विषयका कार्यव्रmम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरू मध्ये ६ ओटा सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति लिई ३ बर्से डिप्लोमा तहको बाली विज्ञान, पशु विज्ञान र कम्प्युटर विषयमा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्राविधिक सामुदायिक विद्यालयको नमुना : जनज्योति माध्यमिक विद्यालय, कुनाथरी, बड्डीचौर, सुर्खेत

सुर्खेतको कुनाथरी, बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालय प्राविधिक शिक्षा सञ्चालनको नमुना हो । वि.सं. २०२९ मा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको यस विद्यालयले २०३९ मा निम्न माध्यमिक र २०४८ मा माध्यमिक तहको कक्षा सञ्चालन गरेको थियो । २०६६ सालमा तत्कालीन उच्च माध्यमिक तह सञ्चालन गरेको थियो । यस क्षेत्रका बासिन्दाको मुख्य पेसा कृषि तथा पशुपालन भएकाले कृषि जेटिए र भेटेनरी विषयलाई प्राथमिकता दिइएको थियो । शिक्षालाई सिपमूलक, व्यावसायिक र रोजगारमूलक बनाउने उद्देश्यका साथ कृषि विषयको जुनियर टेक्निकल एसिस्टेन्ट (जेटिए) र भेटेनरी विषयको पठन पाठन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति लिई कक्षा सञ्चालन गरिएको थियो ।

कक्षा ११ र १२ मा शिक्षा विषयबाट पठन पाठन सुरु गरेको यस विद्यालयमा महायज्ञबाट रु ४ करोड र व्यक्तिगत चन्दा उठाएर कृषि विषयमा १५ महिने भेटेनरी र २९ महिने कृषि जेटिए प्राविधिक एसएलसी तहको पठन पाठन सुरु गरिएको थियो । कृषिअन्तर्गतका यी विषयहरू अध्ययन गर्न मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाबाट विद्यार्थीहरू आउने गर्दछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति लिई प्रवीणता प्रमाण पत्र तह सरहको कृषि विज्ञानमा पठन पाठन पनि सुरु भएको छ । पशु विज्ञान विषयमा पनि प्रवीणता प्रमाण पत्र तह सरहको पठन पाठन गर्नका लागि तयारी पुरा भएको छ । कृषि विज्ञानमा प्रवीणता प्रमाण पत्र सरहको पठन पाठन सुरु गर्दा आधारभूत विज्ञान विषय अध्ययन अध्यापन गर्नु पर्ने र सोका लागि भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानका लागि छुट्टा छट्टै एम् एस्सी योग्यता भएका शिक्षकको व्यवस्थापन गर्नु परेकाले निज शिक्षकहरूलाई कार्य बोझ कम भएको हुँदा शिक्षकहरूको अधिकतम् उपयोगका लागि विद्यालयमा कक्षा ११ र १२ विज्ञान विषयको पठन पाठन पनि सुरु गरिएको छ ।

पशु विज्ञान विषयमा पनि भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानको पठन पाठन हुने हुँदा निज शिक्षकहरूबाट विद्यालयले अधिकतम् फाईदा लिने सोच बनाएको छ । यस विद्यालयमा लागि प्राविधिक (प्र)शिक्षक पाउन कुनै कठिन नभएको जानकारी । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरभन्दा झण्डै ३० किलोमिटर पश्चिम कर्णाली राजमार्गको छेऊमा विद्यालय रहेको छ, पूर्व झापा तथा मोरङ्देखिका (प्र)शिक्षक विद्यालयमा कार्यरत हुनुहुन्छ । विद्यालयले पर्याप्त कार्य बोझ दिएको छ, सोहीअनुसार पारिश्रमिक पनि दिएको छ । (प्र)शिक्षकहरूलाई चित्त बुझाएर विद्यालय सेवामा राखिएकोे छ । आधारभूत विज्ञान विषय पढाउने शिक्षकहरू लाई पनि पर्याप्त कार्य बोझका साथ सुबिधा उपलब्ध गराइएको छ । यी सेवा सुबिधा उपलब्ध गराउने स्रोत विद्यालयको व्यावसायिक कृषि तथा पशु पालन प्रणाली नै हो ।

प्राविधिक शिक्षालाई सिपमूलक र अभ्यासमा आधारित बनाउन र साधारण शिक्षाका विद्यार्थीलाई पनि उद्यमशील सोचको विकास गराउन विद्यालयले विद्यालयका छेउछाउका जमिनलाई उपयोग गरेको छ । महायज्ञमा दानबाट प्राप्त जग्गालाई अधिकतम् उपयोग गरी विद्यार्थीलाई दैनिक जीवन यापनका विषयका बारेमा जानकारी मात्र दिइएको छैन, अभ्यास गर्ने बानी विकास गरिएको छ । कक्षा कोठाको सिकाइले मात्र व्यावहारिक ज्ञान र सिप प्राप्त हुँदैन । कृषि, अन्नबाली, पशुपालन, फलफुल खेती, हर्बल खेती आदिका लगाउने, जतन गर्ने, उपयोग गर्ने, संरक्षत गर्ने र जन जीवनमा पारेको प्रभावका बारेमा सिकाउन सकियो भने उद्यमशील बन्न प्रेरित गदर्छ र यस्तो सिकाइ जीवनपर्यन्त रहिरहन्छ । यसका लािग विद्यालय वरिपरिका जग्गाका खेती बाली, गोठ, खोर आदिलाई अध्ययन तथा अभ्यासका लागि उपयोग गरिएको छ ।

विद्यार्थीले विद्यालयमा गएर व्यावहारिक ज्ञान र सिप मात्र सिक्दैनन्, अभ्यास गदर्छन्, घरमा पनि उपयोग गर्दछन् । विद्यालयले आफ्नो जग्गामा खेती बाली लगाएको छ, फलफुल लगाएको छ, बङगुर पालेको छ, बाख्रा पालन गरेको छ, गाई पालन सुरु गरिएको छ, पोखरी बनाएर माछा पालन गरेको छ, विभिन्न बोटहरू हुर्काएर हर्बल उत्पादन गरेको छ । विद्यालयका जग्गामा मौसमअनुसारका बाली झुलेका हुन्छन्, फलफुल फलेका हुन्छन् । विद्यालयका बाख्रा जङ्गलमा चरेका हुन्छन्, मौंरीका घारहरू चरनका लागि डुलाएका हुन्छन्, पोखरीमा माछा पौडेका हुन्छन्, पोखरी वरिपरि राजहाँस सयर गरेका हुन्छन् । माछा पालनबाट सुरु भएको विद्यालयको व्यवसायलाई सहयोगका रूपमा बङ्गुर पालन पनि गरिएकोे छ । बाख्रा पालन, गाई पालन, माछा पालन, मौंरी पालनका लागि छुट्टै कर्मचारी भर्ना गरिएको छ । लेमन ग्रास, कपुर जस्ता हर्बल बोटबाट तेल निकालेर बिव्रmी वितरण गरिएको छ । विद्यालयका प्राविधिक अध्ययन गर्ने विद्यार्थीलाई मात्र होइन, साधारण शिक्षाका विद्यार्थीले पनि उद्यमशील शिक्षा प्राप्त गरेका छन्, व्यावहारिक शिक्षा पाएका छन् । विद्यार्थीलाई सिकाइमा सहयोग गरेर उद्यमशील शिक्षा मात्र दिएको छैन, यसले विद्यालयको आम्दानी पनि बढाएको छ । विद्यार्थीको दिगो ज्ञान बढाउन व्यावसायले सहयोग गरेको छ । अभ्यास गराउँदै सिकाउँदा सिकाइको प्रभावकारिता बढेको छ । विद्यार्थीले आपूmलाई पढाइका साथ साथै खेती बाली, माछा पालन, गाई पालन, मौरी पालन, बाख्रा पालन आदिको व्यावहारिक सिकाइमा आपूmलाई व्यस्थ बनाउँछन् । विद्यालयको ट्याक्टर छ । यो ट्याक्टरको उपयोग शिक्षण सिकाइमा मात्र होइन, स्थानीयको खेत बारी जोत्नमा पनि प्रयोग गरिएको छ ।

विद्यालयले गाउँ विकास समिति र स्थानीय सरकारी निकायसँग प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि राम्रा सम्बन्ध कायम गरेको छ । गाउँ विकास समितिले आवश्यक आर्थिक तथा भौतिक सहयोग जुटाउन सहयोग गरेको छ । नजिकै पशु सेवा केन्द्र छ, कृषि सेवा केन्द्र छ । माछापालन, खेती बाली (धान खेती, मकै खेती, गहुँ खेती, आलु खेती, च्याउ खेती, केरा खेती, फलफुल खेती, अर्गानिक बोट विरुवा (लेमन ग्रास, कपुर आदि), हाँसपालन, बङ्गुरपालन, बाख्रा पालन, गाई पालन जस्ता कार्यमा नजिकका पशु सेवा केन्द र कृषि सेवा केन्द्रबाट सहयोग प्राप्त भएको छ । यसका साथै पशु सेवा केन्द्रले प्राविधिक सहयोगका साथै एक उन्नत साढे विद्यालयलाई दिएको छ । पशु सेवा केन्द्रको खसी बोका परीक्षण केन्द्रमा विद्यार्थीलाई अभ्यास गर्ने अवसर मिलाइदिएको छ । कृषि सेवा केन्द्रले प्राविधिक सहयोग जुटाइदिएको छ ।

गाउँमा नै प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध भएकामा गाउँका मानिस खुशी छन् । महायज्ञमा नगद तथा जग्गा दान गर्ने दाताहरू विद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा मूर्त रूप लिएकामा निकै प्रशन्न छन् । विद्यालयलाई आवश्यक परेमा थप जग्गा दिन पनि तयार छन् । विद्यालयमा अध्यापन र अध्ययनका लागि आउने शिक्षक तथा विद्यार्थीका लागि डेरा उपलब्ध गराएर सहयोग गरेका छन् । विद्यालयले कृषि तथा पशु विज्ञानको पठन पाठन गराएपछि आफ्नो कृषि तथा पशु पालन व्यावसायमा परिवर्तन आएको, विद्यालयका (प्र)शिक्षकबाट प्राविधिक सहयोग मिलेकामा स्थानीय समुदाय दङ्ग छन् ।

विद्यालयको ट्याक्टर प्रयोग गरी खेत बारी जोत्ने काम गरिएको छ । यसबाट विद्यालय तथा स्थानीय किसान दुवैलाई फाईदा भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले भूकम्प पीडित कोटाका कृषि विज्ञान विषयका प्रवीणता प्रमाण पत्र तहको कक्षा यस विद्यालयलाई दिएकामा झन हर्षित छन् । आफ्नो गाउँको विद्यालयमा काठमाडौंदेखि विद्यार्थी अध्ययन गर्न आएका पनि गौरवान्दित छन् ।
विद्यालयले सोलरको प्रयोग गरी भिस्याट पद्धतिबाट विद्यालयमा इन्टरनेट सुबिधा उपलब्ध गराएको छ । प्राविधिक शिक्षामा अध्ययनका लागि विभिन्न वेबसाइट हेर्नु पर्ने भएकाले यो सुबिधा विद्यार्थीलाई उपलब्ध गराएको छ । स्थानीयका घरमा छात्रावासको व्यवस्था गरिएको छ । विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको सुबिधाका लागि विद्यालयले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरी शाखाविहीन कार्यालय ९द्यचबलअजभिकक याााष्अभ० सञ्चालन गरेको छ । यसबाट टाढा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीको खर्च अभिभावकले विद्यालयबाट पाउन सक्ने गरी बैंकमा राख्न मिल्ने व्यवस्था भएको छ । वैदेशिक रोजगारमा जाने स्थानीयले विद्यालयमा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैंकबाट घर परिवारलाई पैसा पठाउन सक्ने सुबिधा उपलब्ध छ ।

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विद्यालयबाट निब्र्याज रु ५०००÷ ऋण लिन सक्ने र विद्यालयको जग्गा निःशुल्क र स्थानीयको जग्गा भाडामा लिई तरकारी खेती गरी बिव्रmी वितरण गरी विद्यालयको ऋण तिर्ने र आम्दानी गर्न सक्ने सुबिधा विद्यालयले गरेको छ । कृषि तथा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले च्याउ खेती र कुखुरा पालन जस्ता काम गरी आम्दानी गरेका छन् । विद्यालयको व्यावसायिक कार्यव्रmमबाट स्थानीयले काम पाएका छन् । अध्ययन र सिकाइको काम बाहेकको समयमा काम गरेमा विद्यार्थीले पारिश्रमिक पाउने पनि व्यवस्था छ । यसबाट विद्यार्थीको अध्ययन खर्च चलेको छ । यस्तो काममा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीले बढी लाभ लिन सकेका छन् ।

विद्यालयको रमाइलो पक्ष के छ भने विगत बिस वर्षमा जम्मा दुई जना व्यक्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनु भएको छ । अध्यक्ष बन्नमा कुनै हानथाप हुँदैन । विद्यालयको हित र विद्यालयप्रति समर्पित व्यक्तिलाई अध्यक्षको काम गर्न सबैको सहयोग हुन्छ । विद्यालयमा शिक्षण पेसा अपनाएपछि भारतीय सेनामा भर्ती भई सेवा निवृत्तपश्चात् पुनः विद्यालयमा आई सेवा गर्ने पनि यस विद्यालय सेवा क्षेत्रमा नै हुनुहुन्छ । विद्यालयको प्रधानाध्यापक निम्न माध्यमिक तह द्वितीय श्रेणीको हुनुहुन्छ । वहाँले नै विद्यालयको नेतृत्व गरी हालको अवस्थामा पुर्याएको हो । यस विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति प्राप्त कार्यव्रmम हो, शिक्षा विभागअन्तर्गतको होइन ।

समस्याहरू :

१.    तनहुँका एक शिक्षक भरत श्रेष्ठले मलाई फेसबुक मेसेन्जरमा लेख्नु भएको थियो, “हाम्रो देशको शिक्षा नीति     परिवर्तन गर्नु पर्ने देखिराखेको छु । अहिलेको शिक्षा पढी खाने किसिमको मात्र छ । अबको शिक्षा भनेको     जगैदेखि गरी खाने शिक्षा लागु हुनु पर्यो । अनि बल्ल बेरोजगारी हुँदैन । अहिलेको पढाइ मुखले भन्न सक्छ     तर व्यवहारमा उपयोगी गर्न सकेका छैनन् । गरी खाने शिक्षा चाहेको छ । यो नै हाम्रो माग हो ।”

२.    म पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक हुँदा विभिन्न राजनीतिक दलसँग सम्बन्धित विद्यार्थी     समुदायका नेतृत्व तहका मित्रहरू मलाई ज्ञापन पत्र दिन आउनु भएको थियो । ज्ञापन पत्रमा विद्यमान     विद्यालय प्रणाली काम नलाग्ने भएको, शिक्षा नीति बेकम्मा भएको, शिक्षा वैज्ञानिक नभएको, रोजगारमूलक     नभएको, प्राविधिक नभएको, व्यावसायिक नभएको, जनमुखी नभएको जस्ता सन्दर्भ उल्लेख गर्दै शिक्षा     वैज्ञानिक, जनमुखी, प्राविधिक तथा व्यावसायिक र रोजगारउन्मूख हुनु पर्ने माग राखिएको थियो । मैले     यस्तो शिक्षाका नमुना आपूmलाई दिएमा हुबहु सरकारबाट निर्णय गराउन तयार भएको भनेँ तर कसैले पनि     वैज्ञानिक, जनमुखी, प्राविधिक तथा व्यावसायिक र रोजगारउन्मूख शिक्षाको नमुना दिन तयार भएको पाइनँ ।     वैज्ञानिक, जनमुखी, प्राविधिक तथा व्यावसायिक र रोजगारउन्मूख शिक्षाको शब्द     विलासमा नेपाली भुलेको     धेरै भएको र यस्तो शिक्षाको नमुना दिएमा आपूm अहिले सही निकायमा रहेकाले     कार्यान्वयन गर्न सक्ने     बताउँदा खासै जवाफ पाएको थिएनँ ।

३.    कास्की जिल्लाको एक विद्यालयले धन धान्याञ्चल महायज्ञ सञ्चालन गर्दा प्राविधिक शिक्षामा जोड दिने     भनी नगद तथा जिन्सी दान दातव्यका रूपमा प्राप्त गरेको थियो । दानकर्मीहरू, अभिभावकहरू प्राविधिक     शिक्षा सञ्चालन गर्न बढी उत्साही पनि बन्नु भएको थिए । जब विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत     स्थानीय परिवेशअनुसार पशु विज्ञान (एनिमल साइन्स) कार्यक्रम सुरु भयो, अनि तिनै अभिभावकहरूले     आफ्ना छोराछोरीलाई गाई भैंसीको स्याहार गर्ने, गोबर खेलाउने शिक्षा पढाउन इन्कार गर्नुभयो, प्राप्त     कोटाअनुसार विद्यार्थी भर्ना हुन सकेनन् । अधिकांश स्थानीय विद्यार्थी साधारण शिक्षातिर नै भर्ना भए ।

४.    दोलखाको हनुमन्तेश्वर माध्यमिक विद्यालय, काब्रेमा माध्यमिक तहको कक्षा ९ देखि नै प्राविधिक शिक्षा     सञ्चालन गरिएको छ । कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक शिक्षाअन्तर्गत इन्जिनियरिङ विषयको पठन     पाठन हुने गर्छ । कक्षा ११ मा गणित र विज्ञानका भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, वनस्पति     विज्ञान आदि अनिवार्य रूपमा अध्ययन अध्यापन गर्नु पर्ने र कक्षा ९ देखि १२ सम्म इन्जिनियरिक विषयका     विभिन्न हाँगा अध्ययन अध्यापन गर्नु पर्ने पाठ्यक्रममा व्यवस्था छ । यसका लागि विज्ञानका भौतिक विज्ञान,   रसायन विज्ञान, जीव विज्ञानका लागि एम एस्सी अध्ययन गरेका शिक्षक आवश्यक हुने र इन्जिनियरिङतर्फ     कम्तीमा स्नातक शिक्षकको व्यवस्थापन गर्नु पर्ने भएकाले बढी खर्चिलो त छ नै, यी विषयहरूमा योग्यता     प्राप्त शिक्षक पाउन पनि कठिन रहेछ । इन्जिनियरिङ विषयमा स्नातकलाई धेरै प्रयत्नपछि शिक्षकका रूपमा     विद्यालयमा नियुक्ति दिइएको रहेछ । शिक्षकले १५ दिन अध्ययन अध्यापन गरेपश्चात् विद्यालय छोडेछन् ।

मैले विद्यालय छोड्नाका कारण प्रधानाध्यापकलाई सोधेँ । प्रधानाध्यापकले भन्नुभयो, “इन्जिनियरिङ पढाउने   (प्र) शिक्षकका लागि एक जना व्यक्तिलाई ल्याएर (प्र)शिक्षकमा नियुक्ति दियौं । उहाँले झण्डै १५ दिन  अध्यापनपछि एक दिन शिक्षकका बुबा निज शिक्षकलाई खोज्दै विद्यालयमा आउनु भयो । शिक्षकका बाबु  छोराबिच लामै कुराकानी भयो । अन्त्यमा शिक्षकका बुबाले निज शिक्षकलाई शिक्षण पेसा नै अपनाउन     चाहेका भए शिक्षा विषय पढाइदिन्थे नि भन्नुभयो । आपूmले छोरालाई इन्जिनियरिङ विषय पढाएर शिक्षक     बनाउन नचाहेको र यदि शिक्षक नै बन्ने हो भने छोरालाई शिक्षकको जति तलब अन्यबाट व्यवस्था गरिदिने     पनि बताउनु भयो । छोरा इन्जिनियर होस्, सडक, सिँचाई, भवन आदिमा जागिर गरोस् भनेको त स्कुलमा     आएर शिक्षक भएकामा छोराप्रति असन्तुष्टि जनाउनु भयो । यदि स्कुलमा नै शिक्षक भएर बस्ने हो भने आपूm     घर फर्कने र छोरासँग खासै सम्पर्क नगर्ने बताउनु भएपछि शिक्षक बाबुसँगै फर्कनुभयो । हामीलाई त  इन्जिनियरिङ पढाउने (प्र)शिक्षकको अभाव भएको छ ।”

५.    सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन अनुमति लिने समयमा जुन जोस थियो, विद्यालय     सञ्चालन सुरु भएपश्चात् त्यो जोस देखिएन । देशका माध्यमिक विद्यालयमा सञ्चालन गरिएका प्राविधिक     शिक्षाको अवलोकन गर्दा कतिपय विद्यालयमा तोकिएको कोटाअनुसार विद्यार्थी सङ्ख्या पुग्न नसक्नु,  पठन पाठन सैद्धान्तिक हुनु, विद्यार्थीले पाठ्यव्रmमले तोकेअनुसार प्रयोगात्मक कार्य हुन नसक्नु,     प्रयोगात्मक कार्यका लागि पर्याप्त सामग्री, स्थान र उपकरण नहुनु, योग्यता पुगेका (प्र)शिक्षकको अभाव  हुनु, (प्र)शिक्षकको स्थायित्व नहुनु, विद्यार्थीका लागि पाठ्य पुस्तक नहुनु, नेपाली माध्यममा पठन पाठन     गरिरहेका विद्यार्थीका लागि अङ्ग्रेजी माध्यममा अध्ययन सामग्री उपलब्ध हुनु, विद्यालयमा प्राविधिक  शिक्षा पठन पाठनका लागि उपयुक्त नहुनु, विद्यालयले आफ्नै स्रोतबाट प्राविधिक शिक्षाका लागि     आवश्यक परिवेश नबनाउनु, प्राविधिक विद्यालयले स्थानीय तहका सम्बन्धित संस्थासँग सुमधुर सम्बन्ध बनाउन नसक्नु जस्ता समस्याले प्राविधिक शिक्षाले अपेक्षा गरेअनुसार प्रगति गर्न सकेको छैन । पशु     विज्ञान अध्ययन अध्यापन गर्दा गाई, बङ्गुर आदिका चित्र लेखन पाटीमा बनाएर पढाउने, बाली विज्ञान पढाउँदा मकै, धानका बोट लेखन पाटीमा चित्र बनाएर पढाउने जस्ता कार्यले प्राविधिक शिक्षाको     गुणस्तर     खस्काउने काम गरेको देखिन्छ ।

६.    प्राविधिक शिक्षा सञ्चालन गरेका केही सामुदायिक स्कुलको भ्रमणमा देखिएको मुख्य समस्या (प्र)शिक्षकको थियो । कक्षा ९ देखि नै प्राविधिक शिक्षाका लागि जस्तै इन्जिनियरिङका विभिन्न विषय, बाली विज्ञान, पशु     विज्ञानका लागि प्रवीणता प्रमाण पत्र तह वा सो सरह र स्नातक उत्तीर्ण गरेका (प्र)शिक्षक सहज रूपमा प्राप्त गर्न र नियुक्ति (प्र)शिक्षकलाई टिकाइराख्न निकै कठिन भएको जानकारी पाइयो । प्राविधिक   (प्र) शिक्षकलाई करारमा नियुक्ति गर्ने, सेवा, शर्त र सुबिधा साधारण शिक्षकका भन्दा खासै फरक नहुने, जागिरको स्थायित्व नहुने, तालिमको अवसर नहुने, स्थायी भएर थप अध्ययनको अवसर प्राप्त नहुने     जस्ता     कारणले नियुक्ति     भएका (प्र)शिक्षकहरू पनि अन्य अवसर प्राप्त हुना साथ विद्यालय छोड्ने प्रवृत्ति     अत्याधिक भएको पाइयो ।  प्राविधिक विद्यालयको (प्र)शिक्षकहरू पनि यस पेसाबाट आफ्नो जीवन वृत्ति     नचल्ने र भविष्य पनि सुनिश्चित नभएकाले केही समयको लागि मात्र (प्र)शिक्षणमा लाग्ने गरेको पाइयो ।

७.    प्राविधिक शिक्षा सञ्चालन गर्ने अनुमति प्राप्त विद्यालयहरूले (प्र) शिक्षक व्यवस्थापन, भवन निर्माण तथा  उपकरण खरिद, प्रयोगशाला तथा पुस्तकालयको व्यवस्थापनलगायत सबै कुरामा सरकारको मुख ताक्ने     प्रवृत्तिले प्राविधिक शिक्षाको सञ्चालनमा दिगोपना देखिएको छैन । सरकारका तर्पmबाट साल बसाली खर्च,  निश्चित कामका लागि पूँजीगत खर्च आउने भएकाले प्राविधिक शिक्षाका लागि आवश्यक खर्चका लागि दिगो     आम्दानीको स्रोत खोज्ने काम यस्ता विद्यालयले गरेको देखिँदैन । विद्यालयको जग्गा जमिन पर्याप्त हुँदा हुँदै  त्यसको सिकाइ र आम्दानीका लागि उपयोग गरिएको छैन । भिर, पाखा र अनुत्पादक जमिनलाई स्वीकृति     लिँदा आवश्यक जग्गाका रूपमा देखाउने, स्वीकतिका लागि पहुँच पुर्याउने, दवाव दिन लगाउने तर त्यसको   उपयोग नगर्ने, विद्यालयले प्राविधिक शिक्षा  सञ्चालनबाट आम्दानीका स्रोत नबढाउने देखिएकाले दिगोपनामा समस्या देखिएको छ ।

८.    विद्यालयको पठन पाठन साधारण शिक्षा जस्तो देखिएको छ । प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा जाँदा प्राविधिक शिक्षाको कुनै सङ्केत देखिँदैन । विद्यालय उजाड देखिन्छन् । विद्यालयमा     हराभरा छैन । (प्र)शिक्षक तथा विद्यार्थीका हातले खासै काम गरेको पाइँदैन । विद्यालयका भएका जग्गामा  अनावश्यक झाडी देखिन्छ । प्राविधिक शिक्षाको पठन पाठन साधारण शिक्षाको समय तालिकाअनुसार भएको     छ; बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० सम्म । विद्यार्थीलाई पनि प्राविधिक शिक्षा अध्ययन गरेको अनुभूति देखिँदैन ।

९.    “सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्ने तर सरकारले आवश्यक पूर्वाधार निर्माण  नगरिदिने, पर्याप्त बजेट नदिने, पर्याप्त शिक्षक नदिने, शिक्षकको सेवा शर्त र सुबिधा नदिने अनि कसरी     प्राविधिक शिक्षा प्रभावकारी हुन सक्छ ? प्राविधिक शिक्षाको जिम्मा सरकारले लिनु पर्छ । पर्याप्त लगानी सरकारले गर्न पर्छ । विद्यार्थीसँग शुल्क उठाउन हुँदैन ।” यस्ता भनाइ प्रशस्त सुनिन्छ ।

प्राविधिक शिक्षा     सञ्चालन गर्ने सामुदायिक माध्यमिक विद्यालय सरकारको मात्र भर पर्ने सोचाइले प्राविधिक शिक्षा  अप्राविधिक शिक्षा जस्तो हुन पुगेको छ । विद्यालयका भएका स्रोत साधन प्रयोग भएको छैन । सरकारले  अनुदानमा उपलब्ध गराएका सामग्री प्रयोग विहीन अवस्थामा जकडिएका छन् । प्रयोगशाला धुलाम्मे  छ । सामानहरू एकपटक पनि प्रयोग गरिएको छैन । बाली विज्ञान पठन पाठन हुने विद्यालयमा झाडी छ,  जमिनमा एउटा विरुवा लगाइएको छैन । पशु विज्ञान पठन पाठन हुने विद्यालयमा एउटा भैंसी छैन, एउटा     बाख्रा छैन, एउटा गाई छैन । विद्यालयमा एउटा पशु देख्न पाइँदैन । अनि सदरमुकाममा भए पो पशु  विज्ञान/ बाली विज्ञान चल्छ, गाउँमा त चल्ने रहेनछ भन्ने भ्रम फैलाइएको छ । सदरमुकामका के को पशु  विज्ञान/ बाली विज्ञान पठन पाठन गराउने? सदरमुकामका विद्यालयमा प्रयोगात्मक कार्य गर्न कति नै जग्गा हुन्छ र ! सहरी क्षेत्रमा व्यक्तिले विद्यालयका लागि जग्गा कसले दिन्छ र ! जग्गा भएकाले विद्यालयले     प्राविधिक शिक्षा सञ्चालन गरी व्यावसायिक बनाउन नसक्ने, जग्गा नभएकाले जग्गा छैन भनेर गफ गर्ने ।  यस्तो किसिमले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा चलेको छ, चलाइएको छ ।

समाधानका उपायहरू :

१.    सबैका लागि प्राविधिक शिक्षा हुन सक्दैन । विद्यालय शिक्षालाई पुरै प्राविधिक बनाउनु हुँदैन । प्राविधिक  शिक्षा खर्चिलो पनि छ । प्राविधिक शिक्षालाई स्तरअनुसार वर्गीकरण गर्नु पर्छ । प्राथमिक शिक्षामा     जीवनोपयोगी शिक्षा, आधारभूत तह (कक्षा ६–८) लाई व्यवहार कुशल सिप (Soft Skill) माध्यमिक तहमा सबैका लागि उद्यमशील शिक्षा र केही लक्षित विद्यार्थीका लागि प्राविधिक शिक्षा दिने गरी व्यवस्था गर्नु     पर्छ ।

२.    शिक्षा वैज्ञानिक, जनमुखी, प्राविधिक तथा व्यावसायिक र रोजगारउन्मूख बनाउने प्राविधिक तथा व्यावसायिक शिक्षाले मात्र होइन । विद्यालय शिक्षालाई जनमुखी बनाउने उद्यमशील शिक्षाले हो । अहिलेका     जे जस्तो अवस्थामा भए पनि प्राविधिक तथा व्यावसायिक शिक्षा लागु गर्ने हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा धरापमा पर्दछ । विद्यार्थीलाई साधारण शिक्षाका साथसाथै उद्यमशील शिक्षा दिने,     माध्यमिक तह मात्र अध्ययन गर्ने लक्षित समूहका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा दिने, प्राविधिक  शिक्षाको उच्च तहमा अध्ययन गर्न रुचि राख्नेका लागि माध्यमिक तह कक्षा ९–१० मा ऐच्छिक     गणितसहितको साधारण शिक्षा र कक्षा ११–१२ मा विज्ञान समूह अध्ययन गरेर प्राविधिक शिक्षाको उच्च तहमा अध्ययन गर्ने वातावरण निर्माण गर्नु पर्छ ।

३.    विद्यालय तहको प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तह अन्त्यपछि कामको संसारमा जानेका लागि सञ्चालन गर्नु पर्छ । स्थानीय अभिभावकको चाहना, स्थानीयले लिन सक्ने फाईदा, विद्यार्थीका     रुचिलाई ध्यान दिई प्राविधिक तथा व्यावसायिक शिक्षाको विषय छनोट गर्नु पर्छ । आफ्नो स्थानमा प्राविधिक शिक्षा सञ्चालन गर्ने, विद्यार्थी भर्नाका लागि अरूको मुख ताक्ने प्रवृत्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा  सञ्चालन हुन सक्दैन । प्राविधिक तथा व्यावसायिक शिक्षा गरेर सिक्ने भएकाले गरेर सिक्ने नचाहनेलाई यो  विषयमा भर्ना लिनु हुँदैन ।    

४.    प्राविधिक तथा व्यावसायिक तालिमका (प्र)शिक्षकको पेसालाई सुरक्षित नोकरी बनाइनु पर्छ । प्राविधिक तथा व्यावसायिक (प्र)शिक्षकको अध्ययनका आधारमा अन्य शिक्षकको भन्दा बढी तलब, भत्ता, आवासको सुबिधा, स्थायी हुने प्रबन्ध, छिटो बढुवा हुने प्रणाली जस्ता कार्य गर्नु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षाका  (प्र)शिक्षकले आफ्नो जागिरको सुरक्षाको अनुभूति गर्न पाउनु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा ११ र १२ को पठन पाठनमा आधारभूत विज्ञानका विषयहरू मा संलग्न शिक्षकहरू लाई कार्य बोझ पुग्ने गरी पठन पाठन गर्नु पर्छ  । यस्ता शिक्षकहरू लाई उपयोग गर्न कक्षा ११ र १२ मा विज्ञान विषयको पठन  पाठन प्रारम्भ गर्न सकिन्छ ।

५.    प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनका लागि पर्याप्त तयारी र धैर्यता चाहिन्छ र चाहिन्छ विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको समर्पण । विद्यालयको आन्तरिक तयारी र आन्तरिक व्यवस्थापनका लागि विद्यालयले प्रशस्त लगानी गर्नु पर्छ । सबै कुरा सरकारबाट आउँछ भनी प्राविधिक शिक्षा चलाउनु हुँदैन । जुन विषयको प्राविधिक तथा व्यावसायिक शिक्षाका कक्षा सञ्चालन गर्न खोजिएको हो, त्यस विषयका लागि चाहिने आवश्यक पूर्वाधार विद्यालयमा हुनु पर्छ, जस्तैः बाली विज्ञानका लागि आवश्यक जग्गा, पशु विज्ञानका लागि पर्याप्त पशुहरू  । प्राविधिक तथा व्यावसायिक शिक्षा अत्यन्त महङ्गो हुने हुँदा तोकिएको कोटाअनुसार विद्यार्थी भर्ना भएको हुनु पर्छ । यदि ४० कोटा तोकिएको छ भने ४० जना नै भर्ना हुनु पर्छ । लागत प्रभावकारिताका दृष्टिले ४० जनाका लागि सञ्चालित कक्षामा २० जना भए पनि (प्र)शिक्षक, प्रयोगशाला, प्रयोगात्मक सामग्री आदिमा एउटै खर्च लागेको हुँदा थोरै विद्यार्थीमा अध्ययन अध्यापन गराउँदा प्रभावकारी हुँदैन । तोकिएको कोटाभन्दा पनि बढी विद्यार्थी राख्नु हुँदैन ।

प्राविधिक तथा व्यावसायिक शिक्षाको पठन पाठन कम सैद्धान्तिक र बढी प्रयोगात्मक हुनु पर्छ । विद्यार्थीले पाठ्यक्रमले तोकअनुसारको प्रयोगात्मक कार्य गर्नै पर्छ । प्रयोगात्मक कार्यका लागि पर्याप्त सामग्री, स्थान र उपकरण हुनु पर्छ, योग्यता पुगेका (प्र)शिक्षकको हुनु पर्छ, (प्र)शिक्षकको स्थायित्व हुनु पर्छ, विद्यार्थीका लागि पाठ्य पुस्तक नभए पनि पाठ्य सामग्री हुुनु पर्छ, नेपाली माध्यममा पठन पाठन गरिरहेका विद्यार्थीका लागि नेपाली माध्यममा अध्ययन सामग्री उपलब्ध हुनु पर्छ, विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनका लागि उपयुक्त  वातावराण् हुनु पर्छ, विद्यालयले आफ्नै स्रोतबाट प्राविधिक शिक्षाका लागि आवश्यक परिवेश बनाउनु पर्छ, प्राविधिक विद्यालयले स्थानीय तहका सम्बन्धित संस्थासँग सुमधुर सम्बन्ध बनाउनु पर्छ, प्राविधिक तथा व्यावसायिक शिक्षा लेखन पाटीमा चित्र बनाएर शिक्षण सिकाइ नगरी वास्तविक फिल्डमा गएर सिक्ने परिवेश बनाउनु पर्छ ।

६.    प्राविधिक तथा व्यावसायिक शिक्षाका (प्र)शिक्षकलाई नियुक्ति गर्ने, सेवा, शर्त र सुबिधासहितको व्यवस्था शिक्षा नियमावलीमा गर्नु पर्छ र यसलाई मूल प्रवाहमा ल्याउनु पर्छ ।

७.    प्राविधिक शिक्षा सञ्चालन गर्ने अनुमति प्राप्त विद्यालयहरूले (प्र) शिक्षक व्यवस्थापन, भवन निर्माण तथा उपकरण खरिद, प्रयोगशाला तथा पुस्तकालयको व्यवस्थापनलगायतमा सरकारले बिउ रकम उपलब्ध गराउनु पर्छ र दिगोपनाका लागि विद्यालयले नै कार्यव्रmम सञ्चालन गरी आम्दानीको स्रोत बढाउनु पर्छ । विपन्न  वर्गका लागि निःशुल्क दिने र सक्नेहरू का लागि न्यूनतम् लागत साझेदारीमा पनि जानु पर्छ । विद्यालयको  जग्गा जमिनको प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रयोजनलाई उपयोग गरी आम्दानीको स्रोत बढाउनु पर्छ । सुर्खेतको कुनाथरीको विद्यालयको जस्तो आम्दानी गरेर दिगोपना बढाउनु पर्छ ।

८.    प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका विद्यालय साँच्चै प्राविधिक तथा व्यावसायिक देखिनु पर्छ । (प्र)शिक्षक तथा विद्यार्थीहरू  बिहानदेखि नै काममा खटिने, आफ्नो विषयको अभ्यास गर्ने, विद्यालय   परिसर र विद्यालयको जग्गा जमिनबाट विद्यालयमा सञ्चालन भएको प्राविधिक तथा व्यावसायिक शिक्षाको  झलक दिने किसिमको हुनु पर्छ । (प्र)शिक्षक तथा विद्यार्थी काममा व्यस्थ हुनु पर्छ । प्राविधिक तथा     व्यावसायिक शिक्षा गरेर सिक्ने भएकाले काम नगरिकन प्राविधिक तथा व्यावसायिक शिक्षाका सिप हासिल  हुँदैनन् । प्राविधिक तथा व्यावसायिक शिक्षामा सैद्धान्तिक कक्षा २० देखि ४० प्रतिशत र प्रयोगात्मक कक्षा  ६० देखि ८० प्रतिशतसम्म हुनु पर्ने भएकाले प्राविधिक तथा व्यावसायिक विद्यालयले बिहान १०ः०० देखि     ४ः०० बजेसम्म पठन पाठन गराएर प्राविधिक तथा व्यावसायिक शिक्षाको झलक दिनु हुँदैन ।

९.    सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा रहरले चलाउने होइन । विषयको छनोट गर्दा पर्याप्त विद्यार्थी पुग्ने, वरिपरिका अन्य माध्यमिक विद्यालयबाट पनि विद्यार्थी आउन सक्ने, विषयअनुसार प्रयोगात्मक कक्षाका लागि पर्याप्त जग्गा जमिन भएको, समुदायको व्यावसायसँग मिल्ने, प्रयोगात्मक कार्यका लागि वरिपरि संस्था तथा स्थल भएको कुरालाई ध्यान दिनु पर्छ । विद्यार्थीबाट आउने शुल्क तथा सरकारले दिने अनुदानबाट मात्र प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक स्रोतको पनि खोजी गर्नु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षा प्राप्त गरेका उत्पादनले साँच्चै काम गर्न सक्ने बनाउने गरी पठन पाठन हुनु पर्छ । विद्यालय प्रवेश गरेपछि विद्यालयमा कुन विषयको प्राविधिक तथा व्यावसायिक शिक्षाको पठन पाठन भएको हो सङ्केत पाउनु पर्छ ।

निचोड :

विद्यालय तहको प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा विशेष संवेदनशील हुनु पर्छ । साधारण विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्दा साधारण शिक्षा जस्तै देखिनु उपयुक्त होइन । प्राविधिक जनशक्तिलाई बजारले लेखाजोखा गर्छ । पर्याप्त प्रयोगात्मक सिप नभएका प्राविधिक तथा व्यावसायिक जनशक्तिले स्वयम् आपूm र अन्यलाई समेत क्षति पुर्याउँछ । विद्यालय तहमा पर्याप्त तयारी, प्रशिक्षित र अनुभवी प्रशिक्षक, पर्याप्त प्रयोगात्मक अभ्यास, आवश्यक सामग्रीको व्यवस्थापन गरेर मात्र स्थान र आवश्यकताअनुकूलको विषय छनोट गर्नु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षाको पठन पाठन साधारण जस्तो हुनु हुँदैन । यस्तो शिक्षालाई दिगो बनाउन विद्यालय, स्थानीय समुदाय र अभिभावकको महत्त्वपूर्ण भूमिका रहन्छ ।

सन्दर्भ सामग्री :

http://www.edukhabar.com/news/2174  (प्रकाशित मिति २०७२ माघ २६)

शिक्षा विभाग, २०७१, विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा संचालन (पहिलो संशोधन) निर्देशिका, २०७१ (पहिलो संशोधन) : सानोठिमी, भक्तपुर, पृ.१

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, २०७३, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ः एक झलक, २०७३ : सानोठिमी, भक्तपुर, पृ.२४

नेपाल सरकारका सचिव बराल, लामो समय शिक्षा मन्त्रालयका विभिन्न निकायमा कार्यरत थिए । शिक्षा विभागका पूर्व महानिर्देशक उनी हाल पश्चिमाञ्चल क्षेत्रीय प्रशासकका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया