Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

त्रिविको प्राज्ञिक करार अधोगतिमा

बुधबार, २७ पुस २०७३

काठमाडौं २७ पुस/त्रिभुवन विश्वविद्यालयमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ ।
तर विश्वविद्यालयले भने आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षकलाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम स्थायी बनाइरहेको छ ।
तत्कालिन प्रम गिरिजाप्रसाद कोइरालाले रत्नपार्कमा अनशनमा बसेका आंशिक शिक्षकलाई जुस खुवाएर १ हजार ६ सय ८० जनालाई करारमा नियुक्त गराएका थिए ।
तिनैलाई विविले उपप्राध्यापकको दरबन्दी सिर्जना गरी स्थायी बनाइरहेको छ । कसैले नियुक्तीपत्र बुझेका छन्भने कसैको अन्तर्वार्ता लिने काम भइरहेको छ ।
विविले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० मा संसोधन गरी करारबीच मात्र आन्तरिक प्रतिस्पर्धा गराएर एकैपटक १ हजार १ सय ७५ शिक्षाक स्थायी गर्न लागेको हो ।
विवि सेवा आयोग प्रमुख परशुराम कोइरालाका अनुसार आयोगले विविका विभिन्न आंगिक क्याम्पसका लागि विशेष आन्तरिक खुला प्रतियोगिताबार्ट स्थायी दरबन्दीमा १ हजार १ सय ७५ जनालाई स्थायी गर्ने प्रक्रिया सुरु गरेको हो ।
विविको यो कदमलाई प्राध्यापकले नै प्राज्ञिक अधोगतिको संज्ञा दिँदै आलोचना गरेका छन् । विवि अनुदान आयोगका सदस्य एवं पूर्वशिक्षाध्यक्ष प्राध्यापक महेन्द्र सिंहले यस्ता जुसे करार शिक्षकलाई त्रिविमा स्थायी प्रवेश गराउँदा समग्र शिक्षा नै अधोगतिमा जाने बताए ।
रुबी रौनियारले नागरिकमा लेखेको खबर

 

प्रतिक्रिया