Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

विदेशिने सुरमा रहेका विद्यार्थीलाई उपयोगी तथ्य सार्वजनिक

विहीबार, २८ पुस २०७३

काठमाडौं - उता पुगेपछि त निराश हुनै पर्दैन भन्ने ठानेर विदेश जाने सुरमा रहेका नेपाली विद्यार्थीका लागि उपयोगि अध्ययन सार्वजनिक भएको छ । अस्थिर राजनीतिका कारण पढेर पनि यहाँ केही गर्न सकिन्न भन्दै विदेश ताक्ने विद्यार्थीका लागि उक्त अध्ययनको निश्कर्ष चुनौती भएको छ ।  विकसित मुलुकका विद्यार्थीमा डरलाग्दो गरी आफैप्रतिको विश्वासमा गिरावट आएको उक्त अध्ययनले देखाएको छ । ‘यति सम्म नैराश्यता छाएको छ कि उनीहरु जीवनको अर्थ नै नरहेको भन्ने निश्कर्षसम्म पुगेका छन् ।’ अध्ययनमा उल्लेख छ ।

१६ वर्षदेखि २५ वर्षका २ हजार २ सय युवाहरुबीच प्रिन्सेस ट्रस्ट च्यारिटीले गरेको सर्वेले करिब ४५ प्रतिशतले आफूहरु विद्यालयमा रहेको बेलामा आफैप्रति विश्वस्त हुन नसकेको बताएको जनाएको छ । सर्वेले ४८ प्रतिशतले भने स्कुल पढिरहेको बेलामा आफ्नो पढाइमा ध्यान केन्द्रीत गर्न नसकेको पनि बताएका थिए ।

तिनीहरुमध्ये ४६ प्रतिशतले भने आफू भित्रभित्रै तड्पिरहेको कुरा अरुले थाहा नपाओस् भनेर आफ्नो समस्याका बारेमा कोहीसँग कुरा गर्ने नगरेको तथा ५८ प्रतिशतले भने अरुलाई बताएर पनि आफ्नो समस्या समाधान हुनेमा विश्वस्त नभएको बताएको ट्रस्टले उल्लेख गरेको छ ।

प्रिन्सेस ट्रस्टका कार्यकारी प्रमुख डेम मार्टिना मिलबर्नले विद्यार्थीको खुसी र आफैप्रतिको विश्वास (कन्फिडेन्स) मा उच्च गिरावट आउनुमा धेरै कारणहरु रहेको जनाएका छन् । अध्ययनले करिब आधा प्रतिशतले कुनै पनि रोजगार नपाउँदा युवाहरुमा मानसिक रुपमा समस्या देखिएको उल्लेख गरेको छ । १६ प्रतिशतले  त आफ्नो जीवनलाई नै मूल्यहीन ठानेका छन् भने १८ प्रतिशतले भने उनीहरुले चाहेर पनि परिस्थितिलाई बदल्न नसक्ने पनि बताएका छन् । यस हिसावले स्थिति अझ गम्भीर हुँदै गएको प्रति ट्रस्टले चिन्ता पनि व्यक्त गरेको छ ।

अध्ययनले स्कुलमा करिब आधा प्रतिशत विद्यार्थीले स्कुलमै अनेकौ मानसिक र भावनातमक समस्याहरु भोगिरहेको पनि बताएको छ । जसका कारण उनीहरुले पढाइमा ध्यान केन्द्रीत गर्न नसेकेको उक्त सर्वेक्षणको निचोड छ ।

प्रतिक्रिया