Edukhabar
बुधबार, ०५ बैशाख २०८१
अन्तैवाट

छोरालाई बार्डिङमा, छोरीलाई सरकारीमा

विहीबार, ०६ माघ २०७३

काठमाडौं ६ माघ/तराई क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना गरिँदा लैंगिक विभेद हुने गरेको छ ।

विद्यालय भर्नाका क्रममा नै बालिकालाई निजी अंग्रेजी विद्यालयमा भर्ना गर्ने गरिएको पाइएको छ । छोरीलाई विवाहमा दाइजो दिनुपर्ने र छोरोले दाइजो पाउने भएकोले छोरीलाई कम खर्च लाग्ने सरकारी विद्यालयमा भर्ना गर्ने आम प्रचलन रहेको पाइएको छ ।
भारतीय सिमानासँग जोडिएका नवलपरासीका त्रिवेणीसुस्ता, पकलिहवा, गुठीप्रसौनी, गुठीसूर्यपूरा, भुजहवा, ठूलो खैरेटहवा, रमपुरवा, हरपुरलगायतका गाविसमा रहेका सरकारी विद्यालयका कक्षामा छात्रा ८० र छात्र २० प्रतिशतसम्म रहेको पाइएको छ ।
पकलिहवा गाविस चन्द्रगञ्जस्थित दीपेन्द्र निमाविको कक्षा ८ का ७० मध्ये छात्राको संख्या ६५ र छात्रको संख्या ५ छ ।यसैगरी कक्षा सात र ५मा प्रतिकक्षा ७० मध्ये छात्रा ६० र छात्र १० जना रहेका विद्यालयका प्रअ रामप्रवेश कुर्मीले बताए ।
छोरालाई तुलनात्मक रुपमा राम्रो शिषा दिन निजी बोर्डिङ स्कुलमा पढ्न पठाउने विभेदपूर्ण प्रचलनका कारण सरकारी विद्यालयमा बालिकाको संख्या अत्यिधिक हुन गरेको जनजागृति माविका प्रअ बाबुराम सुवदीले बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया