Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका २२ : संख्यात्मक अनुसन्धानको अर्को बिधि

शनिबार, ०९ असोज २०७२

- डा. मनप्रसाद वाग्ले  / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा। मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक २२ औं भाग : 

Lesson 22: Experimental Research

गएको दुइवटा पाठमा हामीले सर्भे अनुसन्धानका बारेमा धारणात्मक छलफल गर्यौं / अब संख्यात्मक अनुसन्धानको अर्को प्रमुख बिधि Experimental Research बारे जानकारी लिनेछौं/ कुनै पनि असरको आफ्नो कारण हुन्छ अर्थात एउटा चलले अर्को चललाई प्रभाव पारेको हुन्छ भन्ने सामान्य बैज्ञानिक सिद्धान्त मानिन्छ/ कुन independent variable (चल) ले dependent variable मा कस्तो प्रभाव पर्छ भनी cause-effect relation हेर्ने अनुसन्धानलाई Experimental Research भनिन्छ/

संख्यात्मक अनुसन्धानका अन्य बिधिहरुले सामान्यत: एउटा चलको अर्को चल संगको सह-सम्बन्ध (correlation) मात्र देखाउंछ भने Experimental Research ले यही कारणले यो अवस्थाको सिर्जना भएको हो भनी ठोकुवा गर्दछ/ खासगरी medical र psychology क्षेत्रमा यसले आफ्नो पकड जमाएको छ/ सामाजिक बिज्ञानमा पनि यसको प्रयोग हुँदै आएको छ/ यो अनुसन्धानमा अनुसन्धानकर्ताले independent variable लाइ आफ्नो अनुसन्धानको उद्देश्य अनुसार manipulate गर्छ/ अर्थात कस्तो intervention गर्ने र त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा अनुसन्धानकर्तामा भर परेको हुन्छ/

उदाहरणको लागि तपाइंको Experimental Research को बिषय "The Effect of Computer-based Math Instruction in Secondary Schools of Nepal" भन्ने छ भने तपाइंको independent variable कम्प्युटर बिधि भयो भने dependent variable चाहिं माध्यमिक बिद्यालयका विद्यार्थीको उपलब्धिमा देखिएको भिन्नता भयो/ यो अनुसन्धानमा अनुसन्धानकर्ताले कम्प्युटर बिधि कुन वातावरणमा दिने, कसरी दिने, कुन पाठमा दिने, कुन कक्षाका भन्ने जस्ता निर्णय आफैं गर्न पाउने हुनाले त्यसलाई उसको उद्देस्य अनुरुप व्यवस्था गर्ने स्वतन्त्रता छ/ जसलाई अनुसन्धानकर्ताले manipulate गरेको भनिन्छ/

Experimental research मा उही स्तरका दुइवटा समूहमा अध्ययन गरिन्छन / एउटा experimental group र अर्को control group/ माथिको उदाहरणमा यदि तपाईं कक्षा ९ को विद्यार्थीको अलजेब्रा मा कम्प्युटर विधिको नतिजा हेर्न चाहनु हुन्छ भने तपाइंले जुन कक्षामा यो विधिबाट शिक्षण गर्नु हुन्छ त्यसलाई experimental group र जुन समूहमा तपाईं traditional method बाट पढाउनु हुन्छ त्यो control group भनिन्छ / तपाइंले प्रयोग गर्ने कम्प्युटर विधिलाई intervention भनिन्छ/ यो विधिमा तपाइंले छान्ने sample बैज्ञानिक बिधि बाटै हुनु आवश्यक छ किनभने तपाईं आफ्नो sample मा अनुसन्धान पश्चात प्राप्त नतिजालाई पूरै कक्षा ९ (population) को अलजेब्रा शिक्षण मा कम्प्युटरको प्रभावको सामान्यीकरण गर्नु हुन्छ/

त्यसैले sample selection मा randomness जरुरी छ/ यस्तो experimental research ३ प्रकारका हुन्छन र तीनका पनि विभिन्न स्वरूप हुन्छन/ मुख्य ३ वटा भनेको pre-experimental, quasi-experimental र true-experimental researchहुन्/

(क्रमस:: अर्को पाठमा)

प्रतिक्रिया