Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

कानूनविपरीत टेस्ट परीक्षा

शुक्रबार, ०७ माघ २०७३

काठमाडौं ७ माघ/विद्यालयमा ७५ प्रतिशत हाजिर भएका  विद्यार्थीलाई स्वतः वार्षिक परीक्षामा सहभागी हुन दिनुपर्ने व्यवस्था लत्याउँदै निजी विद्यालय सञ्चालकले कक्षा दसका विद्यार्थीलाई टेस्ट परीक्षा लिएका छन् ।
कक्षा दसको अन्त्यमा परीक्षा नियन्त्रण कार्यालमार्फत् स्कुल एजुकेशन एक्ज्यामिनेशन(एसईई) लिने व्यवस्था शिक्षा ऐनमा भए पनि उक्त परीक्षाअघि प्रि–टेस्ट लिन पाउने व्यवस्था छैन । विद्यालय सञ्चालकहरुले आन्तरिक रुपमा जहिले पनि परीक्षा लिन पाउने भए पनि नीतिगत रुपमा परीक्षा लिनु गलत भएको सरोकारवालाको आरोप छ । यस्तो परीक्षालाई अभिभावकले विद्यालय सञ्चालकको आर्थिक उपार्जन गर्ने बलियो माध्यम मात्र भएको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) काठमाडौंले परीक्षा तालिका नै प्रकाशन गरेर बिहीबारदेखि यस्तो परीक्षा सञ्चालन गरेको हो ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया