Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

अंग्रेजी माध्यम र कम्प्युटर कक्षाकालागि अक्षयकोष

शुक्रबार, ०७ माघ २०७३

तेह्रथुम - जिल्लाको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयले अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा सञ्चालनका लागि अक्षयकोष कोष संकलन अभियान तिब्र बनाएको छ । विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरु गरेको हो ।

विद्यालयले सञ्चलान गरेको अभियानबाट हालसम्म २८ लाख भन्दा बढी रकम संकलन भएको छ । संकलित रकम मध्ये आधाभन्दा बढी रकम उठ्न बाँकी रहेको बताइएको छ ।

विज्ञान र प्रविधिमा विद्यार्थीको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले शैक्षिक सत्र २०७० देखि नै विद्यालयले  २८ सय वाटको सोलार प्रविधि जडान गरि कक्षा सञ्चलान गरिएको प्रधानाध्यापक जयप्रकाश ईङनामले बताए ।  अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गरिरहेको छ । सरकारको शिक्षा निति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोत समेत कमजोर भएकाले यस्ता कक्षा सञ्चालन गर्न आर्थिक चुनौती रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले बताए । त्यसैले आउँदो माघ २५ गते देखि २९ गते सम्म मनाउन लागिएको रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

विद्यालयले सञ्चालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले सहयोग गरेका छन् । अक्षयकोष स्थापनार्थ दाताहरुको सहयोगका लागि शिक्षक, अभिभावक र शिक्षाप्रेमिहरुले विभिन्न जिल्लाहरुका साथै विदेशमा समेत अभियानलाई तिव्रता दिएका छन् ।

स्थापना भएको अक्षयकोषको ब्याजबाट अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षालाई थप व्यावस्थापन गरिने विद्यालयको योजना छ । 

प्रतिक्रिया