Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

अस्थायी शिक्षक लाइसेन्सको आवेदन खुला, जिशिकाले छानविन गर्ने

शनिबार, ०८ माघ २०७३

भक्तपुर– शिक्षक सेवा आयोगले अस्थायी शिक्षक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन माग गरेको छ । शिक्षा ऐन आएको सात महिनापछि आयोगले लाइसेन्सका लागि आवदेन माग गरेको हो ।
आयोगले उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति प्रदान गर्नका लागि आवदेन माग गरेको जनाएको छ । ‘शिक्षा ऐन २०२८ (आठौं संसोधन) ले साविक उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति प्रदान गर्ने व्यवस्था गरेकोले सो अनुमतिपत्र दिने बन्दोबस्त गर्न लागेको’ विभागको भनाइ छ ।
२०७३ असार १५ सम्म आफू कार्यरत रहेको विद्यालयले दिएको सेवा निरन्तरताको सक्कल कागज र नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि समावेश गरी लाइसेन्स लिन इच्छुक व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयहरुमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने आयोगको भनाइ छ । सो लाइसेन्सका लागि लागि साविक उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिम सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले आवेदन गर्न सक्नेछन् । त्यसको लागि मान्यताप्राप्त विश्वविद्यालयहरुबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको कागजातहरुको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा रु. ५ सय लाग्नेछ ।
आयोगले सबै रित पु¥याएको आवेदनको छानविन जिल्ला शिक्षा कार्यालयहरुले छानविन गर्ने जनाएको छ । छानविन पश्चात् शिक्षक सेवा आयोगमा विवरण पठाएपछि जिल्ला शिक्षा कार्यालमार्फत् नै अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरिने आयोगको भनाइ छ ।

 

प्रतिक्रिया