Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विदेशमा शिक्षा

‘शिक्षकलाई गाली गर्नु र शिक्षकप्रति गुनासो गर्नु नै बेकार !’

सोमबार, १० माघ २०७३

काठमाडौं– हामी शिक्षकले ‘यो गरेन/त्यो गरेन’ भनेर गुनासो मात्र गर्दैनौं, परिआए शिक्षकलाई नै गाली गर्छौं । शिक्षकको सानो गल्तीलाई पहाड बनाउँछौं । शिक्षक भनेका आफ्नो सन्तानलाई पढाउने व्यक्ति हो भन्ने समेत बिर्सेर ‘यसरी नि पढाउने हो?/सिकाउने हो ?’ भनेर मुरमुरिन्छांैं ।
हुन त आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य र भविष्यबारे कुन चाहिँ अभिभावक सजग नहोला र ? सोही कारण अभिभावकहरु समग्र भविष्यको लागि भन्दै आफ्ना सन्तानलाई विद्यालय पठाइरहेका छन् । यसैले विद्यालयबाट, प्रअबाट, शिक्षकबाट अभिभावकले धेरै कुरा अपेक्षा गरेको हुन्छ । अभिभावकहरु सन्तानलाई विद्यालय पठाउनुलाई मात्र मुख्य जिम्मेवारी ठान्छन् । तर यत्तिको आधारमा मात्र शिक्षकले गरिरहेको कामको आलोचना गर्न नहुने शिक्षाका सरोकारवालाहरुले बताएका छन् ।
‘हाम्रो काम स्कुल पठाउने हो, पढाउने, लेखाउने, सिकाउने काम विद्यालयका शिक्षकको हो’ मानसिकताका छन् । जसकारण अभिभावकहरुले भनेजस्तो भएन भने शिक्षक, विद्यालयप्रति गुनासो गर्छन् । तर ‘शिक्षकलाई गाली गर्नु/गुनासो गर्नु बेकार’ जस्तै भएको एक अध्ययन बाहिर आएको छ ।
विद्यार्थी जसको सिकाइप्रति अभिभावकले सीमित रुचि राख्छन्, तिनीहरुका सन्तानले कमै मात्र सिक्ने गरेका छन् । त्यति मात्र नभएर त्यस्ता अभिभावकका सन्तानले पढाइ पनि बीचैमा छोड्ने(ड्रपआउट) गरेको तथ्य बाहिर आएको छ ।
अभिभावकले सन्तानको पढाइप्रति दिएको समय तथा रुचिले पनि सन्तानले पढाइमा राम्र्रो गर्ने मात्र नभएर विद्यालय पनि नछोड्ने सो अध्ययनको निचोड रहेको छ । अमेरिकाका तीन विश्वविद्यालयका शिक्षाविद्हरुले सिकागोका १ सय ४० जना स्कुले विद्यार्थीहरुमा गरिएको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।
सोही सन्दर्भमा बेलायतको नेशनल एकेडेमी अफ साइन्स, रोयल सोसाइटीको जर्नलमार्फत् प्राध्यापकहरुले ‘कसरी अनुत्तीर्ण हुने र स्कुल छोड्ने विद्यार्थीको संख्या घटाउन सक्छौं ?’ भन्ने प्रश्न पनि गरेका छन् ।
विश्लेषकहरुले शैक्षिक उपलब्धिलाई अभिभावकको सहभागितासँग जोडेका छन् । सोही सन्दर्भमा उनीहरुको एकमत छः‘शैक्षिक उपलब्धि बढाउने वा घटाउने भन्ने कुरा अभिभावकको सहभागिताले निर्भर गर्छ ।’
अनुसन्धाताहरुले अभिभावकसँग नबसेका विद्यार्थीहरुको स्कुल छोड्ने दर पनि बढी नै रहेको  र अभिभावकसँग बसेका विद्यार्थीको सिकाइ उपलब्धिमात्र नभएर विद्याल य छोड्ने दर पनि कम रहेको उल्लेख गरेका छन् ।
सोही अध्ययनले विद्यार्थीको ड्रप आउट हुने हुने समस्याप्रति प्राध्यापकहरुले चिन्ता व्यक्त गर्दै
लेखेका छन् कि स्कुल छोड्ने विद्यार्थीको संख्या बढिरहेको छ । यति मात्र नभएर ठूलो संख्यामा रहेका विद्यार्थीको संगत स्कुल जानुलाई समयको बर्बादी गर्नु हो भन्ने सोचका विद्यार्थीसँग भएकोमा पनि सोच्नपर्ने जनाएका छन् ।
उनीहरुको पनि निचोड छ कि विद्यालयमात्र नभएर विद्यार्थीको भविष्य सुन्दर बनाउनका लागि अभिावकको प्रत्यक्ष संलग्नता निक्कै महत्वपूर्ण छ ।

फोटो : गुगल

 

प्रतिक्रिया