Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

निमावि अन्तर्वार्ता तयारीको सन्दर्भ : के गर्ने, के नगर्ने

सोमबार, ०२ फागुन २०७३

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा प्रकाशन शुरु गरेको छ । हजारांैको सङ्ख्यामा लिखित परीक्षामा सहभागी भएका मध्ये अब केही सयले मात्र अन्तर्वार्ताको तयारी गर्नु पर्ने भएको छ । यो आलेखमा अन्तर्वार्ताको तयारी कसरी गर्ने र अन्तर्वार्तामा कसरी प्रस्तुत हुने सम्बन्धमा केही सामान्य बुझाई र अनुभव प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत कुराहरू सधै सबै सन्दर्भमा लागु नहुन पनि सक्छन् र यी नै सबै अन्तिम सत्य पनि होइनन् ।  

अन्तर्वार्ता खासगरी व्यक्तिको प्रस्तुति, अन्यव्यक्तिहरूसँग प्रस्तुत हुँदाको शैली र व्यक्तिमा भएको आत्मविश्वासी पन हेर्ने माध्यम हो ।

- अन्तर्वार्तामा प्रस्तुत हुँदा सकेसम्म आँफु प्राकृतिक रुपमा जे जस्तो हो, त्यही रुपमा प्रस्तुत हुनु आवश्यक हुन्छ ।

- अन्तर्वार्तामाजाने भनेर नयाँ कपडा किन्ने, सिलाउने नर्गनुस् । त्यसो भनेर पुरानो झुत्रो लगाउने भन्ने पनि होइन । तपाईँ सँधै अथवा प्राय जसो जस्तोे कपडा लगाउनु हुन्छ त्यस्तै लगाउनुस । सेन्ट नर्छनुस । कपाल नछोट्याउनुस । अर्थात् नयाँ कुरा नर्गनुस् । तपाईँ सधै जस्तो हो त्यस्तै प्रस्तुत हुनु राम्रो हुन्छ ।

- कतिपयले अन्तर्वार्तामा बोल्दा कृत्रिमता ल्याउन खोज्ने र बोलि बङ्गाउने गरेको पनि पाइन्छ । यो एकदमै गलत हो । तपाईँ आफु जस्तो हो, त्यस्तै प्रस्तुत गर्नुस । सकेसम्म नम्र भएर बोल्नुस् । विस्तारै तर सुनिने गरी बोल्नुस् ।

- विषयवस्तु र समयसामयिक सन्दर्भहरु तयारी गर्नुस् । धेरै आत्तिनु र डराउनु आवश्यक छैन ।

- अन्तर्वार्ता कक्षमा सामान्य शिष्टाचारसँगै सकेसम्म हँसिलो मुद्रामा प्रस्तुत भएको राम्रो । केहीगरी हँसिलो मुद्रा भएन, केही विग्रिदैन तर जर्वजस्ती नर्गनुस ।

- परिचय दिँदा आफ्नो पुरा परिचय दिनुस् । कतिपयले परिचयमै पनि केही कुरा ढाँट्न खोजेको पाइन्छ । यसले पनि समस्या हुन्छ । उदाहरणको लागि तपाईँ स्कुल पढाउनु हुन्छ । परिचयमा पढ्दै छु, जागिर छैन भन्नु भयो र पछि विषयको कुरा हुँदै जादा मैले पढाउँदा यसो गर्छु भन्न पुगिन्छ । किनकी पहिला ढाँटेको कुरा पछि सम्झिदैँन ।

- अन्तर्वार्तामा बसेकाहरुले पालैपालो प्रश्न सोध्छन् तर तपाईँले उत्तर दिँदा प्रश्न सोध्नेलाई मात्र नहेरी सबैलाई हेर्नु आवश्यक छ ।

- अन्तर्वार्ता कक्षमा तपार्इँका लागि बस्ने स्थान हुन्छ । सामान्यतया बस्ने ठाँउ देखाएर बस्नुस् भनिन्छ । यदि त्यसो भनिएन र परीक्षण गर्न खोजियो भने पनि नआतिएर तपाईँ आँफै म बँसौ भनेर अनुमति लिएर बस्नु पर्छ । बस्दा सजिलो हुने गरी, हात नबाँधि, खुट्टा नखुम्च्याइ अथवा सहज हुने तरिकाले बस्नुपर्छ । अन्तर्वार्ता दिने बेला यसरी बस्छु भनेर जानु भयो भने, प्रश्नको उत्तर दिँदा पनि तपाईँको ध्यान बसेको मिलेको छ छैन भन्ने तर्फ जाने हुँदा सकेसम्म प्राकृतिक बन्नुस् । कृत्रिम भन्ने केही पनि नर्गनुस् ।

- आँफुभन्दा अगाडिकालाई के सोध्यो भनेर आत्तिनु पर्दैन । एउटा निकै प्रचलित जोक छ नि !

- सामान्यतया पहिले सोधेको प्रश्नहरु दोहोरिदैनन । दोहोरिए पनि आफुले जे जानेको छ, त्यही भन्ने हो । नजान्दा ठूलो गल्ती हुदैँन तर गल्ति उत्तर भन्दा नकारात्मक नतिजा आउन सक्ने हुन्छ ।
अन्तर्वार्तामा पनि हामीले सँधै देखेका भेटेका वा सुनेका साधारण मानिसहरू नै बस्ने हुनाले धेरै डराउनु पनि आवश्यक छैन ।  

- अन्तर्वार्तामा कुनै पनि कुरा ढाँट्ने चेष्टा नगर्नुहोस् । कुनै एउटा झुट कुरालाई प्रमाणित गर्न अन्य धेरै थप झुटो बोल्नु पर्छ । विषय वस्तुमा पनि नजानेको कुरा आयो भने गल्ती उत्तर नभन्नुहोस् । गल्ती भन्नु भन्दा, मलाई सम्झना भएन, अहिले याद भएन, भनेर सरल तरिकाले आँफुलाई थाहा नभएको कुरा बताउनुहोस् ।

- आफ्नो विषय वस्तुमा पर्याप्त तयारी गर्नुहोस् । अन्य सामान्य कुरा विग्रदाँ खास फरक पर्दैन तर तपाईँले जुन विषयमा नाम निकाल्नु भएको छ, त्यो विषयसँग सम्बन्धित कुरा विग्रनु राम्रो हुँदैन । निम्न माध्यमिकतहको शिक्षकहुने भएकाले कक्षा १ देखि नै कक्षा ८ सम्मको पाठ्यव्रmम, पाठ्यपुस्तक अध्ययन गर्नुहोस् । तपाईँले निमाविको कक्षा ६, ७ र ८ मा मात्र पढाउने भन्ने हुँदैन ।

- कुनै विषयमा तपाईँको धारणा के छ भनेर सोधियो भने एकदमै नकारात्मक वा अन्धभक्त जस्तो सकारात्मक धारणा नराख्नुहोस् । जस्तै नेपालका सामुदायिक विद्यालयको सिकाइस्तर कमजोर छ, यसका लागि को जिम्मेवार भनेर सोधिएला । कतिपय शिक्षण गरिरहेका तपाईँहरूले राज्य, सरकार र अभिभावक भन्नुहोला । शिक्षण नगरेकाले शिक्षक भन्नुहोला । यस्तो सवालमा सन्तुलित भएर सबै पक्षको भूमिका छ, कसैको बढी होला कसैको कमि तर मेरो विचारमा अथवा मलाई यसको अलि बढी हो कि भन्ने जस्तो लाग्छ भनेर प्रस्तुत हुन सकिन्छ ।

- कुनै समस्या सोधिएला त्यस्तो समस्यामा पनि यो त हुनै सक्दैन अथवा भइहाल्छ भन्ने पूर्ण उत्तर नदिँदा राम्रो । उदाहरणको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी कार्यान्वयन भएको छैन । धेरै शिक्षकहरू यसलाई समस्या भयो भन्नुहुन्छ । यो समस्याहो ? भनेर प्रश्न सोधिएला । यस्तो बेला हो यो समस्या हो यो त कार्यान्वयन गर्नै सकिदैन वा होइन यो त एकदम ठिक छ, सजिलै गर्न सकिन्छ भन्ने जस्तो नभई व्यवहारिक भएर तर्क संगत कुराहरु राख्दा राम्रो हुन्छ ।

- कुनै पनि विषयलाई हेर्ने र त्यसलाई बुझ्ने दृष्टिकोण केही फराकिलो बनाउनुस् । तपाईँ शिक्षण पेसामा प्रवेश गर्दै भएकाले यो पेसाप्रति सम्मान भाव प्रस्तुत गर्नुस् ।

- अन्तर्वार्ता खासै महत्वपूर्ण होइन र यो निकै महत्वपूर्ण पनि हो । यसमा लिखित परीक्षाको अङ्क जोडिने भएकाले धेरै हद सम्म लिखितको नम्बरले तपाईँको नतिजा निर्धारण गर्छ, तर पनि अन्तर्वार्ता निर्णायक हुन्छ । यदि धेरै जनाको बराबर नम्बर आएको छ भने अन्तर्वार्ता निर्णायक पनि हुन्छ ।

- शिक्षा ऐन नियमावली तथा आफ्नो विषयवस्तुसँग सम्बन्धित कुराहरूमा राम्रो तयारी आवश्यक छ । शिक्षा र समसामयिक विषयको ज्ञान पनि राख्नु राम्रो । तपाईँ आफु जे जस्तो हुनुहुन्छ, त्यही रूपमा अन्तर्वार्तामा प्रस्तुत हुनु भयो भने तपाईँका लागि सजिलो हुन्छ । अन्तर्वार्ताले तपाईँको Naturality and Confidence मात्र हेर्छ । तपाईँले कस्तो पोशाक लगाएर जानुभयो र कसरी बोल्नुभयो भन्दा पनि के बोल्नुभयो र कसरी प्रस्तुत हुनुभयो भन्ने महत्वपूर्ण हुन्छ ।

[email protected]

प्रतिक्रिया