Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

शिक्षक रिसाउने १३ तथ्य फेला

बुधबार, ०४ फागुन २०७३

काठमाडौं – शिक्षक भएपछि रिसाउन पाउँछन् कि पाउँदैन ? शिक्षकलाई के कारणले रिस उठ्छ ? को देख्दा शिक्षक रिसाउँछ ? लगायतका प्रश्नहरुसँगै शिक्षक रिसायो भने के हुन्छ ? भन्ने प्रश्न पनि आउँछ ।

निश्चय पनि शिक्षक रिसाएको खण्डमा आफूलाई मात्र नभएर उसले सिंगो समाजलाई प्रभाव पार्छ, कारण समाजका आदर्शका रुपमा चिनिएका शिक्षक रिसाउनु हुन्न, रिसाउने व्यक्ति शिक्षक बन्न सक्तैन पनि । यसैले शिक्षक हुनका लागि रिसाउन हुन्न रिस उठे पनि त्यसलाई नियन्त्रण गर्न सक्नुलाई शिक्षकको उच्चतम गुणमा राखिएको पाइन्छ ।

रिसकै सन्दर्भमा हालै मात्र युनिभर्सिटी अफ बिस्कोसिन–ग्रिन बेको मनोविज्ञान विभागका प्रमुख एवं रिससम्बन्धी अध्येता रायन मार्टिनले १३ कारणले शिक्षक रिसाउने गरेको तथ्य फेला पारेका छन् ।
रिस र रिस नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी विशेषज्ञका रुपमा चिनिएका मार्टिनले अध्यापन गराइरहेका शिक्षक पनि रिसाउने गरेको र रिसकै कारण विद्यार्थीको मनोविज्ञानमा असर पुगिरेको बताउँदै रिसलाई व्यवस्थापन गर्न नसके ठूलो खतरा आइपर्ने सम्भावना औंल्याएका छन् ।

उनले गरेको अध्ययनले शिक्षक रिसाउनुका प्रमुख कारणमध्ये विद्यार्थीकै कारण शिक्षकलाई रिस उठ्ने गरेको देखाएको छ । रिससम्बन्धी अध्येता मार्टिनले शिक्षक रिसाउनका १३ कारणमध्येमा पाँच वटा वुंदा त विद्यार्थीकै कारण रिस उठ्ने गरेको देखिएको छ । जसमा शिक्षकप्रति सम्मान भाव नराख्ने विद्यार्थी, शिक्षकले भनेको नमान्ने स्वभावका विद्यार्थी, झगडालु विद्यार्थी, अल्छी विद्यार्थी र भोकै स्कुल आउने विद्यार्थीदेखि शिक्षकलाई रिस उठ्ने मार्टिनले उल्लेख गरेका छन् ।

यसअलावा मार्टिनले कोर्सका पाठ, स्कुल तथा शिक्षासम्वद्ध निकायहरुको प्रशासन, अभिभावक, राजनीतिक आक्रमण, थकान, विद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रविधिबारे ज्ञानको कमी र शिक्षकमाथि निगरानी नहुँदा पनि शिक्षक रिसाउने गरेको जनाएका छन् ।

ऐजेन्सीको सहयोगमा

प्रतिक्रिया