Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

किन घट्यो सार्वजनिक शिक्षाको चमक ? के रोग लाग्यो !

विहीबार, ०५ फागुन २०७३

सार्वजनिक शिक्षाको चमक किन घट्यो ? किन घट्दै गयो ?

यो प्रश्न गम्भिर छ । हामीले धेरैलाई सौध्यौं । सरकारी निकायका मान्छेहरुलाई पनि सौध्यौं ।

पहाडको जम्मै मानिसहरु सदरमुकाममा झरे ।

पहाडका स्कूलहरु सुके ।

जम्मै स्कुलहरु भित्री मधेशतिर झरे । सदरमुकाममा पनि त्यस्तै भयो ।

काठमाडौंकै स्कुलहरुमा पनि विद्यार्थीको संख्या घटिरहेको अवस्था छ ।

जनसंख्याको कारणले पनि यस्तो भएको हो कि !

पहिला जन्मदर २.६६ थियो, २. २ भो अहिले २.१ भो, त्यसले पनि होला । त्यो जनसंख्या पनि कारण हो कि ! उहाँहरुको कुरा यस्तै छ ।

अर्को उहाँहरुको एस्पेरिमेशन के थियो भने शायद् प्रमोशन, रिपुटेशन रेट पनि अलिकति घटेकोले हो कि ।

मेरो भनाई के छ भने हामीले बैज्ञानिक तरिकाले बुभ्mनु पर्यो, भाको के हो ? यो, रोग के हो यो ?

किन चमक घटिरहेको छ ? निरन्तर किन यो भइरहेको छ, यो बुझ्नुपर्यो ।

दुःखको कुरा के छ भने खासै अध्ययनहरु भैरहेको छैन ।

भएका अध्ययनहरु पनि एजनिओलिड भइरहेको छ, बेसलाइइन सर्भे, इभ्यालुएसनहरु भैरहेको छ ।

विश्वविद्यालयहरुबाट जुन खालको अध्ययन हुनुपर्ने हो, त्यो चाहिँ भैरहेको छैन । शिक्षा मन्त्रालयले पनि २००४ मा एउटा अध्ययन गरेको थियो, एसएलसीमा किन विद्यार्थी फेल भए भन्ने खालको । त्यो ठूलो अध्ययन थियो, त्यसपछि अध्ययन भएका छैनन् । १२÷१३ वर्ष भैसक्यो, अध्ययन भने भएको छैन ।

अब, यो कुरा बुझ्नु आवश्यक छ । किन चमक घटिरहेको छ, किन सार्वजनिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको छ ?

सार्वजनिक विद्यालयमा विद्यार्थी घट्नु भनेको ठूलो कुरा हो । एउटा चिन्ताको विषय हो ।  हरेक सफल राष्ट्रहरुले सार्वजनिक विद्यालयहरुलाई निक्कै जोड दिइरहेको हुन्छ । त्यो जोड दिनुको कारण धेरै छ ।

एउटा, राज्यले आफ्नो देशको नागरिक कस्तो हुनुपर्छ भन्ने कुराहरु एक किसिमले पोलिटिसाइजेशन भन्नुस्, एक किसिमकले इन्डक्टिनेशन भन्नुस्, त्यो गरिरहेको हुन्छ । १९६० ति एकजनाले सर्भे गरेका थिए, सोभियत युनियनमा भन्दा पनि अमेरिकामा इन्डक्टिनेशन बढेको देखाएको थियो, अझ डेमोक्रेटिक देशमा बढी हुँदो रहेछ । समाजलाई कतातिर लग्ने भन्ने कुरा शिक्षा मार्फत् हुँदो रहेछ ।

अर्को प्रजातन्त्रको लागि सार्वजनिक विद्यालय भनेको मेरुदण्ड जस्तै हो । एउटा बलियो समाज निर्माणका लागि । समाजका सबैजनाको त्यहाँ भेट हुन्छ, समाजै छ  त्यो स्कुलमा ।

तर, विडम्बना यस्तो स्कुलमा अहिले चमक घटिरहेको छ । हामी त खाली दर्शक भएर मात्रै बसिरहेका छौं । यस्तो होला, त्यस्तो होला भनेर अड्कल काटिरहेका छौं । खासै अध्ययन छैन । यो अध्ययन हुनु चाहिँ मेरो विचारमा जरुरी छ ।

अर्को मलाई कता कता, स्वामित्वको बारेमा पनि चिन्ता छ । स्कुलको कुरा गर्दा म त्रिचन्द्र क्याम्पस पुगेको थिएँ, पचास वर्ष अगाडि जुन कक्षामा मैले पढाउँथे, त्यही कक्षामा पुगेको थिएँ । त्यहाँ एउटा कार्यक्रम भएको थियो । त्यहाँ पचास वर्ष अघि जुन एक कोट पेण्ट लगाएको छ, त्यहाँ अर्को एक कोट पेण्ट  पनि थपिएको छैन । माकुराको जालो थपिएको होला । तर एक कोट पेण्ट पनि थपिएको छैन ।

यो अवस्थामा छ हाम्रो सार्वजनिक शिक्षाको ।

त्रिचन्द्र कलेज कसको हो ? स्वामित्व कसको हो ? कसैको पनि होइन !

त्रिवि कसको हो त ? कसैको होइन !

स्कुलहरुमा पनि त्यही छ । पहिला पञ्चायतको समयमा स्कुलहरुलाई सरकारीकरण गर्नुभन्दा अघि नै ती स्कुलहरुमा त निक्कै चमक  थियो, राम्रो थियो, स्वामित्व थियो, बोर्ड अफ ट्रस्टी थियो । त्यो जम्मै गएपछि चाहिँ त्यो चमक गएको हो कि ? यसमा पनि तपाइँ हामीले धेरै विचार गर्नुपर्ने हो कि ?

अहिले विश्वविद्यालयका पदाधिकारी चयनमा छौं, त्यो चयनमा  जुन शिक्षामा  शिक्षाविद् भनेर लागेका थिए, उहाँहरु चाहिँ पाखा लागे, उहाँहरुलाई समिति, उपसमितिमा राखेको होला । वरिष्ठ शिक्षाविद् भन्ने तर सेलेक्सनमा कहिले पनि नपार्ने ? यो कुरामा पनि ध्यान जाओस् ।

(काठमाडौंमा आयोजित शिक्षा पत्रकार समूहको साधारणसभामा माथेमाद्धारा ब्यक्त विचार)

प्रतिक्रिया