Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन

मंगलबार, १२ साउन २०७२

काठमाडौं १२ साउन / शिक्षा मन्त्रायलयले प्लस टुको चार वटा बिषयको पाठ्यक्रम परिमार्जन र दुई वटाको नयाँ पाठक्रम लागू गर्न स्वीकृत प्रदान गरेको छ । 

उच्च माध्यामिक शिक्षा परिषद्ले प्रस्ताव गरेको पाठ्यक्रम सोमबार शिक्षा मन्त्री चित्रलेखा यादवले स्वीकृत प्रदान गरेकी हुन् । परिषद्का अनुसार कक्षा ११ र १२ को मासकम्यूनिकेशन एण्ड जर्नालिज्म, हेल्थ एण्ड फिजिकल एजुकेशन, पपुलेशन स्टडिज र इकोनोमिक्स बिषयको पाठ्यक्रम स्वीकृत गरेको हो । 

१२ कक्षामा कानून पढाइ हुने 

त्यस्तै कक्षा ११ र १२ मा  स्पोर्टस साइन्स र कक्षा १२ मा  फन्डामेन्टल अफ जनरल ल बिषय पढाइ हुने भएको छ । 

स्वीकृति पाठ्यक्रम यसै बर्षबाट लागू हुने उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए । १६ साउनबाट कक्षा ११ को पठन पाठन सुरु हुने परिषद्ले क्यालेन्डर सार्वजनिक गरेको छ । त्यस्तै साउन १ देखि कक्षा १२ को पठन पाठन सुरु भइसकेको छ । 

प्रतिक्रिया