Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

स्ववियु नेतृत्व बाँड्ने सहमति

विहीबार, १२ फागुन २०७३

काठमाडौं १२ फागुन/स्वतन्त्र विद्यार्थी युनियनको आठ वर्षपछि हुन लागेको निर्वाचनका लागि तीन विद्यार्थी संगठनले त्रिपक्षीय सहमति गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले जिल्लामा सञ्चालित सातवटा क्याम्पसमा त्रिपक्षीय स्ववियु गठन गर्ने सहमति जुटाएका हुन् । फागुन १५ गते निर्वाचन गर्ने उनीहरूको भनाइ छ ।

उनीहरूले सात क्याम्पसमा पदाधिकारी बाँडफाड गर्ने भएका हुन् । नेविसंले तीन, अनेरास्ववियुले एक र अखिल क्रान्तिकारीले तीन क्याम्पसको नेतृत्व गर्ने भएका छन् । नेविसंघले कपुरकोट, शंखमूल र जनकल्याण क्याम्पस, अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पस र अखिल क्रान्तिकारीले शिवजन, फारुला र बन्गार क्याम्पसको नेतृत्व गर्ने सहमति छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया