Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

इन्जिनियरिङ विद्यार्थी फेरि आन्दोलित

विहीबार, १२ फागुन २०७३

काठमाडौं १२ फागुन/सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ विद्यार्थी फेरि आन्दोलनमा उत्रेका छन् । एक वर्षदेखि विभिन्न माग राख्दै आएका विद्यार्थी मंगलबारदेखि विश्वविद्यालयको कार्यालयमा तालाबन्दीसँगै धर्ना बसिरहेका छन् ।

व्यवस्थित ल्याब, आवश्यकताअनुसार कक्षाकोठा र विषयगत प्राध्यापकहरूको व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ । माग सम्बोधन नभए अनशन बस्ने उनीरूले चेतावनी दिएका छन् ।
‘अब हाम्रा माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन’ बुधबार आफ्ना मागबारे जानकारी दिन विश्वविद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा इन्जिनियरंग संकायअन्तर्गत दोस्रो सेमेस्टरमा अध्ययनरत विवेक पन्तले भने, ‘पटक–पटक आन्दोलन र सहमति गर्दासमेत विश्वविद्यालयका पदाधिकारीहरूले बेवास्ता गरे, अब माग पूरा नभएसम्म कुनै सहमति पनि गरिने छैन ।’
इन्जिनियरिङमा छैठौं र जनरल साइन्स तथा सीएसआईटीका ४/४ वटा सेमेस्टरका विद्यार्थीहरूका लागि ३ वटा मात्रै कक्षाकोठा छुटयाइएको विद्यार्थीहरूले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया