Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

विहीबार, १२ फागुन २०७३

भक्तपुर - शिक्षा मन्त्रालयले रोक्का गरेको शिक्षक जिल्लान्तर सरुवा फुकुवा भएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण शिक्षकहरुको पदस्थापनाका लागि असर पर्ने भन्दै गत बैशाख ३० गते देखि शिक्षक जिल्लान्तर सरुवा रोक्का थियो । अब शिक्षकको पदस्थापनाको काम सकिएको भन्दै शिक्षा विभागले जिल्लान्तर सरुवा फुकुवा गरेको हो ।

उक्त फुकुवाको निर्णय विभागले सबै जिल्ला शिक्षा कार्यालयमा पठाई सकेको जनाएको छ ।  तर काठमाडौ उपत्यका सहित केही जिल्लाको दरबन्दी यकिन नभई पदस्थापना गरिएकोले  'पहुँचका आधारमा' काठमाडौं लगायतका जिल्लामा शिक्षकको सरुवा गर्ने गरी यो फुकुवा भएको हुन सक्ने अड्कल काटिएको छ ।

तर विभागले शिक्षा ऐन तथा नियमावली बमोजिम सरुवा गर्न सकिने वा नसिकिने भनी विभिन्न जिल्ला शिक्षा कार्यालयहरुले निर्देशन माग गरेको आधारमा यो निर्णय भइको जनाएको छ । मन्त्री स्तरीय निर्णयबाट जिल्लान्तर सरुवा फुकुवा गरेको विभागको परिपत्रमा उल्लेख छ ।

'शिक्षक सेवा आयोगको विज्ञापनमा समाबेश भएका पदमा पदस्थापन कार्यलाई कुनै असर नपर्ने तथा निकट भविष्यमा गरिने दरबन्दी मिलान कार्यलाई प्रभावित नगर्ने गरी शिक्षा ऐन र नियमावलीले तोकेको तह, कक्षा र विषयमगत शिक्षक विद्यार्थी अनुपातमा कुनै फरक नपर्ने गरी विद्यालयमा रिक्त रहेको दरबन्दीमा शिक्षा ऐन नियमावली अनुरुप जिल्लान्तर सरुवा गर्न सकिने छ' विभागका निर्देशक अणप्रसाद न्यौपानेद्धारा जारी परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया