Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

‘शिक्षामा निजी क्षेत्रलाई उपेक्षा’

शुक्रबार, १३ फागुन २०७३

काठमाडौं १३ फागुन/उच्च शिक्षालय र माध्यमिक विद्यालय संघ (हिसान) का पदाधिकारीले नेपालमै उत्कृष्ट शैक्षिक संस्था रहेको र तिनको आवश्यक प्रचारप्रसार नभएका कारण उच्च शिक्षा अध्ययनका लागि बिदेसिनेको संख्या बढेको बताएका छन् ।

तीनकुनेस्थित कर्पाेरेट टावरमा बुधबार आयोजित अन्नपूर्ण राउन्ड टेबुलमा उनीहरूले सञ्चारमाध्यमले आफूहरूका राम्रानराम्रा सबै मुद्दाबारे सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए । मुलुकमा सबैभन्दा धेरैलाई चाहिने शिक्षा एवं स्वास्थ्य रहे पनि यिनै क्षेत्रलाई सञ्चारमाध्यमले अपेक्षाकृत स्थान नदिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘नेपालका उत्कृष्ट शैक्षिक संस्थाबारे समाचारमा आए बिदेसिने विद्यार्थीको संख्या न्यून हुने थियो’, उनले भने ।

उक्त अवसरमा हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले आफूहरूले ‘जिरो प्लस टू’ चलाउन पाउनुपर्ने बताए । ‘हामीलाई ९–१२ मा जान दिनुपर्छ । हाइयर एजुकेसनको जग पनि यही हो । अहिले ११–१२ को जुन क्षमता छ त्यसलाई बिगारिनु हुँदैन’, उनले भने । नेपालको शैक्षिक उन्नयनमा आफूहरू लागेको र त्यसमा सरकारले सघाउनुपर्ने उनको भनाइ छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया