Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

योग्यता

शनिबार, २१ फागुन २०७३

डा. रवीन्द्र समीर, बिगत दुई दशकदेखि लघुकथा विधामा सक्रिय छन् । विन्दुमा सिन्धू र गागरमा सागरजस्तै लाग्ने लघुकथा लेख्ने उनको लेखाइमा जीवनको बृहत चित्रण हुन्छ । उनको ‘अर्जुनदृष्टि’ नामक लघुकथाले वि. सं २०६७ मा पद्यश्री साहित्य सम्मान प्राप्त गरेको छ । तेश्रो आँखा (२०५३), पोष्टमार्टम (२०६२), बिकिरण (२०६३) ईश्वरका कथा (२०६५), अर्जुनदृष्टि (२०६७) र ‘अणु र पहाड’ उनका प्रकाशित लघुकथा संग्रह हुन् । नेपाल बिद्या भुषण, युवाबर्ष मोती पुरस्कारलगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त समीर पेशाले चिकित्सक तथा जन स्वास्थ्य बिशेषज्ञ हुन । ७ सयभन्दा बढी लघुकथाहरु प्रकाशित गरिसकेका समीर यो साताको शिक्षा साहित्यमा :

‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो ।

‘ख’ ले अंग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डष्टर समाउन पायो ।

‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

‘घ’ ले इञ्जिनियरिङमा स्नातक गर्यो, ठूलो स्केल र फिता बोक्न पायो ।

‘ङ’ ले स्नातक गरी हजारौँबाट दर्जनौँमा छानियो, फाइल बोक्न पायो ।

‘च’ ले स्नातक गरेर कठोर तालिममा उत्तीर्ण भयो, बन्दुक बोक्न पायो ।

‘छ’ ले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्यो, तर उसले केही पनि पाएन किनकि सडकदेखि झण्डा, पजेरो र कुर्सीसम्म औँठाछापहरूले कब्जा गरिसकेका थिए ।

प्रतिक्रिया