Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

मानसिक समस्यामा शिक्षक, स्कुलमै परामर्शकर्ता राख्न सुझाव

आइतबार, २२ फागुन २०७३

काठमाडौं- शिक्षकमा मानसिक समस्या देखिएपछि विद्यालयमै परामर्शकर्ता राख्न विज्ञहरुले सुझाव दिएका छन् । स्कटल्याण्डका विद्यालयहरुमा अध्यापन गर्ने शिक्षकमा मानसिक समस्या देखिएपछि यस्तो  सुझाव दिएका हुन् ।

उनीहरुले अध्यापनका क्रममा शिक्षक मानसिक समस्याबाट गुज्रिन बाध्य भएकोले सो समस्याबाट ग्रसित शिक्षकका समस्या समाधान गर्न परामर्शदाता राख्न सुझाउँदै स्कटल्याण्डका करिब आधाभन्दा बढी शिक्षक मानसिक स्वास्थ्यबाट पीडित रहेको बताएका छन् ।

स्कटल्याण्डका विद्यालयहरुका शिक्षकमाथि गरिएको एक सर्वेक्षणले शिक्षकको मानसिक स्वास्थ्य खराब हुनुका साथै निक्कै चिन्तामा समेत रहन बाध्य भएको जनाएको छ । सर्वेक्षणबाट शिक्षण पेशामा आइरहेको निरन्तरको परिवर्तनसँगै शिक्षकबाट अपेक्षा गरिने नतिजाका कारण पनि शिक्षक चिन्तामा रहेको देखिएको स्रोतले जनाएको छ ।

स्कटल्याण्डका विद्यालयहरुमा हालैको महिनाको सुरुवातमा जेनी हार्भेले गरेको सर्वेक्षणले सो तथ्य बाहिर ल्याएको हो । सर्वेक्षणमा सहभागी कूल ७ सय ७८ मध्ये ४५ प्रतिशत शिक्षकले आफ्नो मानसिक स्वास्थ्य कमजोर रहेको बताएको उल्लेख छ । त्यस्तै १५ प्रतिशतले भने तनाव न्यूनीकरणका लागि आफूले औषधि सेवन गरी रहेको पनि जनाएको छ ।

शिक्षक नै मानसिक स्वास्थ्य समस्या, तनावबाट ग्रसित हुँदा पठनपाठनमा समस्या आउनेतर्फ सजग हुन सरकारलाई सुझाउँदै स्कटल्याण्डका मनोपरामर्श विज्ञहरुले तत्कालै स्कुलहरुमा मनोपरामर्शकर्ता राख्न सुझाएका हुन् ।

प्रतिक्रिया