Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

प्रावि, निमावि र माविमा बढुवाको विज्ञापन खुला

मंगलबार, ०१ चैत्र २०७३

काठमाडौं– शिक्षक सेवा आयोग सानोठिमीले शिक्षक बढुवाको विज्ञापन खोलेको छ । आयोगले आयोगले शिक्षा विभागबाट प्राप्त विवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत ) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत ) परीक्षाको विज्ञापन गरेको हो ।
आयोगले प्राथमिक तहको द्धितीय, प्रथम, निमाविको द्धितीय र प्रथम तथा माविको द्धितीय र प्रथम पदमा बढुवा गराउन विज्ञापन खोलेको जनाएको छ ।
आयोगको नियमावलीको नियम २८ अनुसार बढुवा (कार्यसम्पादन मूल्यकनन) द्वारा पूर्ति गर्नुपर्ने भएकोले २०७२ चैत्र मसान्तसम्ममा शिक्षक सेवा आयोग नियमावलीको नियम २७ बमोजिम आयोगले तोकेको दरखास्त फाराममा आवश्यक विवरणरणका साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा दरखास्त दिन आग्रह गरेको छ ।

 

प्रतिक्रिया