Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा क्यानडा

दिन नसक्ने शिक्षकलाई ग्लोबल पुरस्कार !

मंगलबार, ०८ चैत्र २०७३

काठमाडौं - पढ्नु र लेख्नुलाई तीन आर अर्थात् रिडिङ (पढ्नु), लेख्नु (राइटिङ)  र अंक गणित (अर्थाेमेटिक) बझु्नुमै सीमित थियो, वर्षभरी हिउँ र बरफले ढाक्ने, क्यानडाको अर्काटिक क्षेत्र इन्युइटमा । त्यहीकारण पनि ‘विद्यालयको दिन (समय) तीन बजे सकिन्छ’ भन्ने मिथक बनेको थियो ।

त्यस्तो परिस्थितिका कारण त्यहाँ त्यति धेरै शिक्षक पनि टिकेका थिएनन् । सरकारले त्यहाँ धेरैको संख्यामा शिक्षक खटाए पनि विभिन्न बहाना गरी त्यहाँको समस्यासँग जुध्न नसकेर भाग्थे, शिक्षक । जसकारण त्यो ठाउँका जनतालाई शिक्षा दिने विषयमा सरकारलाई पनि टाउको दुखाइको विषय बनेको थियो ।

यस्तैमा क्यानडाको नोभा स्कोटिया गाउँमा हुर्केर, स्नातकपछिको पाँच वर्ष अफ्रिकाको उपसहारामा एचआइभी÷एड्सविरुद्ध स्वयम्सेवा गरेसँगै स्नातकोत्तरपछि म्यागी विगत विगत ६ वर्षदेखि त्यही मिथक बोकेको ठाउँका आदिवासी जनजातिहरुलाई पढाइरहेकी छन् । र, त्यो चुनौति, साहसको कदर गर्दै सन् २०१७ को ग्लोबल शिक्षक पुरस्कार पनि म्यागीलाई नै दिइएको छ ।

पुरै हिउँले भरिएको क्यानडाको उत्तरी कुनामा रहेको सीमान्तकृत र आदिवासीको ठाउँको रुपमा परिचित इन्युइस्थित सालुइट गाउँको इकुसिक स्कुलका शिक्षक म्यागी म्याकडोनेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

जम्माजम्मी १३ सय जनसंख्या र अहिलेसम्म पनि सडकले नछोएको त्यस्तो दुर्गम ठाउँको विद्यालयमा पढाएसँगै त्यहाँका समुदायको चेतनास्तर उकास्न गरेको  योगदानको कदर गरेको दुबइको ग्लोबल एजुकेशन एण्ड स्किल फोरमले जनाएको छ । उनले पुरस्कारमा रु. एक मिलियन डलर नगद पनि पाएकी छन् ।

आफ्नै देशका आदिवासी जनजातिहरु दशकौंदेखि आर्थिक र सामाजिक रुपले अघि बढ्न चाहेको थाहा पाएपछि शिक्षणमा होमिएकी म्यागीले सो हिउँले मात्र नभएर अज्ञानताले समेत ढाकेको समुदायसँग घनिष्ट सम्बन्ध बनाइन् । शिक्षक भएपछि आफ्नो दिन कहिल्यै पनि नसकिने मात्र नभएर स्कुलको ढोका पनि तीन बजेपछि बन्द नहुने कुरा व्यवहारले प्रमाणित गरिन् । सोही ठाउँमा उनले दिएको समय, लगावले वर्षभरी हिउँ र बरफले ढाकेको, अर्काटिक क्षेत्रमा शिक्षामार्फत् विद्यार्थी र त्यहाँको समुदायमा परिवर्तन ल्याउन सफल पनि बनिन् ।

किशोरी बेलामै गर्भवती हुनुलाई सामान्य मानिने इन्युइट क्षेत्रको नुनाभिकमा यौन हिंसाको दर पनि उच्च थियो । केटीहरु घरकै काममा सीमित थिए, त्यस्तो ठाउँमा म्यागीले केटीहरुको लागि भनी छुट्टै जीवनोपयोगी सीप कार्यक्रम चलाइन् । म्यागीले समस्याहरुलाई समाधान भएको विषय मानिन् । यति मात्र नभएर उनले सो ठाउँमा शिशु स्याहार केन्द्र विस्तार गरिन् । युवाहरुलाई विभिन्न दूव्र्यसन र लागू औषधबाट बचाउन फिटनेश सेण्टर चलाइन् ।

यसअघि सन् २०१६ मा प्यालेस्टाइनकी हनान अल हु्रबले सो पुरस्कार पाएकी थिइन् । यो वर्षको उक्त पुरस्कारको दाबेदारमा उत्कृष्ट १० भित्र क्रमशः पाकिस्तानका सलिमा बेगम, स्पेनका डेभिड क्याली, युकेका रेमण्ड चेम्बर्स, जर्मनीका मेरी क्रिस्टिन, जमैकाका टेर्सी एनहल, ब्राजिलका एम्बरसर डा सिल्भा, अष्टेलियका केन सिल्वर्न, केन्याका माइकल वामाया र चीनका बाया याङ परेका थिए ।

प्रतिक्रिया