Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

मिजौरी विश्वविद्यालय र त्रिबिबिच सम्झौता, नेपालीले अमेरिकामा पढ्न पाउने

बुधबार, ०९ चैत्र २०७३

काठमाडौं - अमेरिकाको युनिर्भसिटी अफ सेन्ट्रल मिजौरी र त्रिभुवन विश्वविद्यालय विच सहकार्य गर्ने सम्झौता भएको छ । स्नातक र स्नातकोत्तर तह ‘कम्प्युटर साईन्स’ अध्ययन गर्ने विद्यार्थीको अध्ययन अध्यापनमा सहकार्यको सम्झौता भएको हो । सम्झौता संगै अमेरिकाको उक्त विश्वविद्यालयका विद्यार्थी त्रिबिमा अध्ययन गर्न आउने र नेपाली विद्यार्थी उक्त विश्वविद्यालयमा अध्ययन गर्न पाउने छन् ।  

नेपालबाट अध्ययनका लागि उक्त विश्वविद्यालयमा पुगेका केशव भट्टराईको पहलमा नेपालको जेठो विश्वविद्यालयसंग सहकार्यको सम्झौता भएको हो । यसले नेपालको शिक्षा पनि अन्तराष्ट्रिय स्तरको छ, भन्ने सन्देश दिन सफल हुने विश्वास दुबै पक्षको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी मात्र नभएर अध्यापनरत प्राध्यापकहरुका विचमा समेत ज्ञानको आदान–प्रदान हुने विश्वास दुबै पक्षले गरेका छन् ।

त्रिबिका तर्फबाट उपकुलपति प्रा.डा. तीर्थ खनिया र मिजौरी विश्वविद्यालयका जिआईएस डिपार्टमेन्टका पूर्व प्रमुख प्रा.डा. केशवराज भट्टराइ सहितको टिमसंग सोमबार सम्झौता भएको हो । उक्त कार्यक्रम सञ्चालनका लागि दुबै विश्वविद्यालयले एक अर्कालाई आर्थिक व्यायभार नपर्नेगरी दुईतर्फी रुपमा लगानी गर्नेछन् । खास गरी तेस्रो समेस्टर अध्ययन गरेका विद्यार्थी अमेरिकाको अध्ययनमा जान पाउने छन् । अमेरिकाका पनि सोही तहका विद्यार्थी अध्ययनका लागि त्रिविबमा आउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक कोष र परियोजनाहरु दुबै संस्थाद्धार आुमोदित भएपछि कार्यन्वयन गरिने छ । सम्झौतामा विद्यार्थी विनियम कार्यक्रम दुइ तहमा गरिने उल्लेख छ । छोटो अवधी र लामो अवधी (अन्डर ग्रजुएट स्टुडेन्ट एक्सचेन्ज) स्नातक र स्नातकोत्तर विद्यार्थी विनिमय, सहयोगी अनुसन्धान र आविष्कार अध्ययन र शिक्षण कार्यक्रम र परस्पर शैक्षिक कार्यक्रम विच संलग्नता हुने गरी सम्झौता गरिएको प्रा.डा. भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया