Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी टिकाइराख्न कम्प्युटर

विहीबार, १० चैत्र २०७३

काठमाडौं १० चैत/चेपाङ समुदायका बालबालिका अध्ययनरत दुई विद्यालयलाई ४० थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।

जिल्लाको चेपाङ बस्तीको डोलभन्ज्याङ र गजुरीपीडा माध्यमिक विद्यालयमा कम्प्युटरमार्फत प्रविधियुक्त शिक्षा सुरु गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएमएनको सहयोगमा इन्टरनेट सुविधासहित २०–२० थान कम्प्युटर हस्तान्तरण गरिएको हो । ‘सामान्यतया सात कक्षा अध्ययन गर्दागर्दै पढाइ छाड्ने चेपाङ विद्यार्थीलाई टिकाइराख्न यसले सघाउने शिक्षकको अपेक्षा छ । बीचैमा कक्षा छाड्ने प्रवृत्तिमा कमी आउने अपेक्षा छ, डोलभन्ज्याङ माविका प्रधानाध्यापक भुवन थापाले भने । प्रगतिशील बाल क्लबकी अध्यक्ष रेनुका पुलामीले सूचना प्रविधिको प्रयोग गरी कक्षाशिक्षण गर्न पाएकामा खुसी व्यक्त गरिन् । विद्यालयमा कक्षा एकदेखि नै कम्प्युटर शिक्षा दिन थालिएको छ । कम्प्युटर शिक्षासँगै विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया