Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

कर्णाली प्रदेशमा पहिलो कृषि क्याम्पस

शुक्रबार, ११ चैत्र २०७३

काठमाडौं ११ चैत/कालिकोट जिल्ला स्थित महावै पादमघाटमा कर्णाली प्रदेशकै पहिलो कृषि क्याम्पस खोलिने भएको छ। कर्णाली कृषि क्याम्पस नाम दिइएको सो क्याम्पसको सम्भाब्यता तथा पुर्वाधार अध्ययन कार्य हालै सम्पन्न भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत खोलिन लागिएको सो क्याम्पसको स्थलगत अध्ययन कार्य पूरा भएको छ।

हालै कृषि तथा वनविज्ञान विश्वविद्यालयका डा.अरविन्द श्रीवास्तवको नेतृत्वमा कालिकोट पुगेको टोलीले सो स्थानमा कर्णाली प्रदेशको कृषि क्याम्पसको राम्रो सम्भावना रहेको निष्कर्ष निकालेको छ। श्रीवास्तव नेतृत्वको अध्ययन टोलीमा विश्वविद्यालयकै डा.अर्जुन श्रेष्ठ,शिक्षा मन्त्रालयका प्रतिनिधि लक्ष्मण वस्याल,विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि कपिल रिसाल रहेका थिए।सो क्याम्पसका लागि समुदायका तर्फबाट दुई विघा जग्गा हस्तान्तरण भैसकेको प्रस्तावित कर्णाली कृषि कलेजका सहयोग समितिका संयोजक खेमवहादुर सिंहले बताए।

शिक्षा मन्त्रालयवाट गठित सम्भाब्यता तथा पुर्वाधार अध्ययन समितिका स्थानीय प्रतिनिधि समेत तोकिएका छन्।  सरकारको देशका १३ ठाउँमा कृषि तथा प्राविधिक कलेज खोल्ने योजना अन्तर्गत ६ नं.प्रदेशमा कर्णाली कृषि क्याम्पसको योजना अघि वढेको हो।   सवैको सहयोग पाएमा प्रस्तावित कृषि क्याम्पस चांडै संचालनमा ल्याउन सकिने संयोजक सिंहले जनाए।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया