Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

प्रअ र अध्यक्षलाई मुद्धा, विद्यालयको रकम हिनामिनाको अभियोग

आइतबार, १३ चैत्र २०७३

काठमाडौं - प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

सप्तरीको अगाडीपकरी गा.वि.स. ७ स्थित श्री जनएकता राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक रिनाकुमारी यादव र व्यवस्थापन समितिका अध्यक्ष ललनकुमार गोइतले  आपसी मिलेमतोमा निर्माण सामग्री खरिद तथा छात्रवृत्ति वितरणका नाममा फर्जी बिल बिजक तथा भरपाईहरु बनाएर रकम हिनामिना गरेको अख्तियारको दावि छ ।

दुई जनाको मिलेमतोमा सरकारी रकम दुरुपयोग भएको भन्ने समेतको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा विद्यालयको नाममा रहेको खाताबाट रकम हिनामिना गरी आफूहरुलाई गैरकानुनी लाभ पुर्याउने र नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने बदनियतले काम गरेको पत्ता लागेको अख्तियारको दावी छ ।

दुबै जनालाई जनही रु.३,६२,८४७ । ५० पैसा बिगो कायम गरी विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया