Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

आरआरमा स्ववियु चुनाव बहिष्कार

सोमबार, १४ चैत्र २०७३

काठमाडौं १४ चैत/नौ विद्यार्थी संगठनहरूले राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु चुनावको मिति घोषणा गरिएकोमा आपत्ति जनाउँदै बहिष्कार गर्ने बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार क्याम्पस प्रशासनले चुनावको मिति घोषणा गरेको भए पनि विद्यार्थी संगठनसँग कुनै छलफल र सरोकार नराखी एकलौटी रूपमा निर्वाचनको मिति तोकिएको भन्दै उनीहरूले बहिष्कार गर्ने जनाएका हुन् ।

नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौं), समाजवादी विद्यार्थी फोरम, तराई मधेस विद्यार्थी फ्रन्ट, अखिल (पाँचौं), राप्रविस, मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । त्रिविअन्तर्गत गत फागुन १८ गते देशभरि स्ववियु चुनाव सम्पन्न भइसकेको छ ।


कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया