Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

राजधानी मोडल कलेजमा एमविए

शुक्रबार, २५ चैत्र २०७३

काठमाडौं - राजधानी मोडल कलेजले यस बर्ष देखि एमविएका कक्षा समेत सञ्चालन गर्ने भएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा ४ वर्ष अघि देखि विविएका कक्षा सञ्चालन गर्दै आएको कलेजले सोही विश्वविद्यालयकै सम्बन्धनमा एमविएका कक्षा सञ्चालन गर्ने गरी सम्बन्धन प्राप्त गरेको हो ।

उक्त सम्बन्धन संगै शिक्षा प्रदान गर्ने सवालमा आफूहरु थप उत्साही भएको कलेजका संस्थापक प्राचार्य केपी पन्तले बताए ।

'देशकै नमूना विजनेस कलेजका रुपमा विकास गर्ने हाम्रो स्थापनाकाल देखिकै योजनामा यस पटक एमविएको सम्बन्धनले हाम्रो शैक्षिक अभियान अर्को चरणमा प्रबेश गरेको ठानेका छौं' पन्तले भने ।

विश्वविद्यालयले यस अघि चार वटा कलेजलाई सम्बन्धन दिएको थियो । यस पटक राजधानी मोडल कलेज सहित विभिन्न ५ वटा कलेजले एमविएका कक्षा सञ्चालन गर्ने सम्बन्धन प्राप्त गरेका छन् । उक्त सम्बन्धनसँगै कलेजले एक सेमेष्टरमा ३० जना विद्यार्थी पढाउने छ ।

प्रतिक्रिया