Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

सात निवृत्त शिक्षक सम्मानित, आफ्नो लागि भन्दा विद्यार्थी र देशको भविष्यको निम्ति काम गर्न जोड

बुधबार, ३० चैत्र २०७३

भक्तपुर । सेवा निवृत्त शिक्षक समाजले सात जना शिक्षकलाई सम्मान गरेको छ । समाजको औं साधारणसभाको अवसरमा नृपत्तिलाल प्रधान, नरेन्द्र हाडा, रमालक्ष्मी प्रजापति, दामोदर शर्मा, मोहनप्रसाद प्रजापति, मिनाक्षी प्रजापति र प्रयागमान बिजुक्छें सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले सम्मान गरेका थिए ।
सो अवसरमा उनले शिक्षणलाई प्रभावकारी बनाउनका लागि शिक्षक अपडेट हुनुपर्नेमा जोड दिएका थिए । ‘शिक्षकले आफ्नो लागि भन्दा विद्यार्थी, देश र भविष्यको निम्ति काम गर्नुपर्छ, शिक्षकहरू अपडेट भएर, प्रविधि सिकेर शिक्षण गरेमा विद्यार्थी थप शिक्षित हुन्छन् ।’
कार्यक्रममा सम्मानित भएका शिक्षकमध्येबाट नरेन्द्र हाडा, मोहनप्रसाद प्रजापतिले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रम आयोजक समितिका अध्यक्ष नाति कवांको सभापतित्वमा भएको थियो । कार्यक्रममा पूर्व शिक्षक विश्वराम कवांले पनि बोलेका थिए ।

 

प्रतिक्रिया