Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

बिहान गणित, दिउँसो इतिहास

विहीबार, ३१ चैत्र २०७३

काठमाडौं - गणित विषयको पढाइ अन्य समयभन्दा बिहानै भएको खण्डमा परीक्षाफल सुध्रिने एक अनुसन्धानले पत्ता लगाएको छ ।

बेलायतको लण्डन विश्वविद्यालयका प्रोफेसरहरुले गरेको अनुसन्धानले गणित विषयलाई बिहान पढाएको खण्डमा राम्रो नतिजा ल्याउने पत्ता लगाएको हो । उनीहरुले गरेको अध्ययनको तथ्यले गणितलाई बिहान र इतिहासलाई साँझको समयमा पढाए उचित हुने देखाएको छ ।

गणित विषयमा विद्यार्थीको नतिजा कमजोर भएपछि गरिएको सो नयाँ अध्ययनले गणित विषयका नतिजा सुधारका लािग बिहान पढाइ गरेको खण्डमा त्यसको लािग अरु आर्थिक भार नपर्ने पनि देखाएको छ । यसको लािग विषयको समय मात्र मिलाए पुग्ने अध्ययनको निचोड छ ।

ब्रिस्टोल विश्वविद्यालयमा आयोजित रोयल इकोनोमिक सोसाइटीको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको सो अध्ययनको तथ्यले गणितलाई बिहान र इतिहासलाई दिउँसोको समय दिनु उचित रहेको पनि सुझाएको छ । लण्डन विश्वविद्यालयका भेलिचिका डिमिट्रोभले गरेको सो अध्ययनमा निक्कै कम शुल्कमा पनि गणित विषयमा सुधार ल्याउन सकिने उल्लेख छ ।

प्रतिक्रिया