Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

शिक्षक उम्मेदवारका आकांक्षी

विहीबार, ०७ बैशाख २०७४

काठमाडौं ७ बैशाख/स्थानीय तहको निर्वाचनमा डोटीमा शिक्षकहरू समेत उम्मेदवारका आकांक्षी छन् । करिब एक दर्जन संख्यामा शिक्षकहरू स्थानीय तहको प्रमुखका लागि आकांक्षी छन् । त्यसमा केही शिक्षक सेवाबाट अवकास पाइसकेका छन् भने केही अहिले पनि कार्यरत छन् ।

शिखर नगरपालिकाको मेयर पदका लागि कांग्रेसको तर्फबाट दुईजना अवकास प्राप्त शिक्षकले उम्मेदवारी दिएका छन् । त्यसैगरी बहालवाला शिक्षक नवराज उपाध्याय कांग्रेसका तर्फबाट सायल गाउँपालिकाको प्रमुखका लागि आकांक्षी हुनुहुन्छ । कांग्रेसको तर्फबाट अवकास प्राप्त शिक्षक डम्बर साउद र केशवराज जोशीलगायतका आकांक्षी उम्मेदबारको रूपमा हुनुहुन्छ । एमालेका तर्फबाट समेत शिक्षकहरू आकांक्षी उम्मेदवारका रूपमा अगाडि आएका छन् । आदर्श गाउँपालिकाको प्रमुखका लागि एमालेका तर्फबाट बहालवाला शिक्षक टेकबहादुर रोकाया आकांक्षी हुनुहुन्छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया