Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षा नियमावली खै ? भन्दै सामाजिक सञ्जालमा #TDEI-Rally

आइतबार, १० बैशाख २०७४

काठमाडौं– शिक्षा नियमावलीको मस्यौदालाई मन्त्रिपरिषद अन्तगर्तको सामाजिक समितिको बैठकमा प्रवेश नदिइएपछि शिक्षकहरुले सामाजिक सञ्जालमार्फत् दबाब अभियान थालनी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट सामाजिक समितिमा छलफलका लागि पठाइएको शिक्षा नियमावलीको मस्यौदा समितिको बैठकमा प्रवेश नै नगराइएको जानकारी आएपछि शिक्षा नियमावी नआउने संकेत मिलेको भन्दै शिक्षकले भने ‘शिक्षा मन्त्रीज्यु, शिक्षा नियमावली खोई ?’ #TDEI-Rally भन्ने प्रश्न लेखिएको पम्प्लेट बोकेर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।
मुख्य सचिव सोमलाल सुवेदीले मन्त्रिपरिषद अन्तगर्तको सामाजिक समितिको बैठकमा नियमावलीलाई प्रवेश नै गराउनुभएन, त्यसो गरेपछि नियमावली तत्काल पारित हुने सम्भावना कम भएपछि हामीले यो दबाब अभियान थालेका हौं ।’ नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले भने ।
उनले महासंघले आग्रहमा शिक्षकहरुले सो अभियान थालेको बताउँदै शिक्षा नियमावली पारित गर्न मुख्य सचिव बाधक बनिरहेको आरोप लगाए । 

 

प्रतिक्रिया