Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

शिक्षक तलबलाई ६२ अर्ब

मंगलबार, १२ बैशाख २०७४

काठमाडौं १२ बैशाख/शिक्षा विभागले आगामी आर्थिक वर्षमा शिक्षकको तलब भत्ताका लागि मात्रै ६२ अर्ब रुपैया प्रस्ताव गरेको छ । चालू आवको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो ।

आगामी आवमा विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) र शिक्षक तलव भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ । सरकारले शिक्षा क्षेत्रको समग्र बजेटको ७० प्रतिशतभन्दा बढी वजेट शिक्षकको तलब भत्ता र निवृत्तिभरणका लागि खर्च गर्दै आइरहेको छ ।

शिक्षा विभाग कार्यक्रम तथा बजेट शाखाका योजना अधिकृत अर्जुन ढकालले शिक्षा विभागको लागि आगामी आवमा १० वटा कार्यक्रमका लागि ९२ अर्ब वजेट सिलिङ प्राप्त भएको जानकारी दिए ।

“शिक्षकको तलबभत्ता र एसएसडीपीअन्तर्गत सञ्चालन हुने १० वटा कार्यक्रमका लागि ९२ अर्ब ८४ करोड प्रस्ताव गरिएको हो,” उनले भने “एसएसडीपीअन्तर्गत केन्द्र र जिल्लागत रुपमा २८ अर्ब ८० करोड प्रस्ताव गरिएको छ ।”

चालू आवमा शिक्षा विभागका १० वटा कार्यक्रमसहित अन्य २० कार्यक्रम र क्षेत्रका लागि १ खर्ब १६ अर्ब विनियोजन गरिएको थियो ।

कारोबारमा प्रकाशित खबर ।

प्रतिक्रिया