Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

कार्यक्षत्रै पुग्दैनन् स्रोतव्यक्ति

आइतबार, १७ बैशाख २०७४

काठमाडौं १७ बैशाख/क्षत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयबाट मुश्किलले ३ सय मिटरको दूरीमा रहेको एक सामुदायिक विद्यालयमा शैक्षि गतिविधि शून्य छ । शैक्षिक सत्र सुरु भएको दुई साता नाघिसक्दा पनि कुनै विद्यार्थी भर्ना भएका छैनन् ।

सम्बन्धित स्रोतव्यक्ति विद्यालय नटेकेको महिनौं भयो । केही वर्ष पहिलेसम्म कक्षाकोठा भरिभराउ हुने गणेश प्राथमिक विद्यालय यस वर्ष शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीविहीन छ । गत वर्ष मुश्किलले २५ भर्ना भएकामा यस वर्ष शून्य विद्यार्थी रहेको प्रधानाध्यापक रामचन्द्र गुरागाइँले बताए ।
विद्यालयको अवस्थाका कारण अध्यापन गर्दै आएका शिक्षक चिन्तित छन् । सबै कक्षा रित्तै भए पछि त्यहाँ कार्यरत ४ शिक्षक र १ कर्मचारी अन्योलमा छन् । शिक्षक दिनभरी त्यसै बसेर समय बिताउनुपरेको बताउँछन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया