Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

एक दर्जनभन्दा बढी शिक्षकको राजीनामा

आइतबार, १७ बैशाख २०७४

काठमाडौं १७ बैशाख/स्थानीय तह निर्वाचनको टिकट वितरण प्रक्रिया चल्दै गर्दा तनहुँमा सेवारत एक दर्जनभन्दा बढी शिक्षकले सेवाबाट राजीनामा दिएका छन् । चुनावमा टिकटका आकांक्षी रहेका अधिकांशले राजीनामा दिएका हुन् ।यसरी राजीनामा दिनेमा अधिकांश २० वर्ष सेवा अवधि काटेका छन् ।

अवधि भए पनि सेवामै रहेका शिक्षक स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्दा सरकारी सेवामा रहन नपाइने प्रावधानका कारण राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका हुन् । राजीनामा दिने शिक्षकको संख्या हालसम्म १३ पुगेको जिल्ला शिक्षा कार्यालय तनहुँका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले जानकारी दिनुभयो ।

जिल्लामा एमालेले वडाका उम्मेदवारको नाम टुंग्याएको छ । कांग्रेस र माओवादी केन्द्रको उम्मेदवार टुंगिन बाँकी रहँदा राजीनामा दिने शिक्षकको संख्यामा अझै वृद्धि हुन सक्ने आँकलन गरिएको छ । ‘यो संख्या अझै बढ्न सक्छ', देवकोटाले भन्नुभयो ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया