Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

अस्थायी शिक्षकले गरे आन्दोलन घोषणा, विद्यालय बन्द देखि घेराउ सम्म

आइतबार, १७ बैशाख २०७४

काठमाडौं - अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले विद्यालय बन्द सहित एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समितिले सबै अस्थायी शिक्षकहरूलाई स्थायी, आई.एल.ओ सन्धि कार्यान्वयन, आफूहरु माथि शिक्षा ऐनले विभेद गरेको भन्दै ऐन खारेजीको माग गरेको छ । यी लगायत शिक्षा विभाग र शिक्षक सेवा आयोग घेर्नेसम्मका कार्यक्रम समितिले सार्वजनिक गरेको छ ।

आईतबार पत्रकार सम्मेलन गरेर समितिले बैशाख १८ गते प्लेकार्ड सहितको प्रर्दशन, १९ र २० गते देश भरका सामुदायिक विद्यालयहरू बन्द गरि जिल्ला शिक्षा कार्यलयरूमा तालावन्दि गर्ने, बैशाख २१ विभागमा र बैशाख २२ गते आयोगमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हेम चौलागाँईले सरकारले तत्काल आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनले उग्र रुप लिने चेतावनी समेत दिए ।

‘सरकारसँग वार्ता गर्न हामी जाँदैनौँ, शिक्षामन्त्रीले हाम्रा कुरा सुन्नु भएन, अब हामी सडकमा आईसकेका छौँ' उनले भने, 'अब सरकार सडकमा आएर वार्ता र सम्वाद गर्न बाध्य हुनेछ, हामी त्यो वातावरण निमार्णको लागि जुटिरहेका छौँ ।’

आफुहरूले पटक/पटक गरि धेरै चोटी सरकारले तोकेको मापदण्ड पुरा गर्दापनि अयोग्य र अस्थायी जस्तो विल्ला भिराएर चरित्र हत्या गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा अस्थायी शिक्षकहरु राम आश्रयराय यादव, गगनकुमार रावत, धर्मा पौडेल, सुरेन्द्र अधिकारी लगायतले आन्दोलन र आफ्ना मागहरूका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया