Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

साढे दुई करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

बुधबार, २७ बैशाख २०७४

काठमाडौं- द्वन्द्वले प्रभावित भएका २२ देशको झन्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा छदेखि १५ वर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ ।  
विभिन्न खालका द्वन्द्वको चपेटामा परिरहेका २२ देशका छदेखि १५ वर्ष उमेर समूहका २२ प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित रहेको जनाउँदै युनिसेफले विद्यालय जान नपाएका प्राथमिक विद्यालय तहमा बालबालिकाको सबैभन्दा धेरै संख्या दक्षिणी सुडानमा रहेको उल्लेख गरेको छ । त्यहाँ झण्डै ७२ प्रतिशत बालबालिकाले विद्यालय शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित रहेका युनिसेफको तथ्याङ्क रहेको छ ।    
राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेर्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले दक्षिण सुडानलाई चाड र अफगानिस्तानले पछ्याइरहेको बताउँदै दक्षिण सुडान, चाड र अफगानिस्तानमा विद्यालय नजाने बालिकाको सङ्ख्या अझ डरलाग्दो बढेको जानकारी दिए । त्यस्तै निम्नमाध्यमिक विद्यालय तहमा विद्यालय नजाने बालबालिकाको संख्या भने सबै भन्दा धेरै नाइजरमा देखिएको छ । दोस्रोमा दक्षिण सुडान र तेस्रोमा मध्यअफ्रिका रहेको प्रवक्ता स्टेफनको भनाइ छ । 

फोटो: गुगल

प्रतिक्रिया